सुन्दर देखिन  प्लास्टिक सर्जरी गरेका नायिकाहरू

बलिउडमा धेरै नायिका छन्, जसको सौन्दर्यताको चर्चा अन्य मुलुकमा पनि हुने गरेको छ। तर, तीमध्ये केही यस्ता नायिका छन्, जसले सुन्दर देखिन प्लास्टिक सर्जरीको सहारा लिनु परेको छ। 
तर, कतिपय यस्ता नायिका पनि छन्, प्लास्टिक सर्जरी गरेपछि अनुहारको सौन्दर्यतामा ह्रास आएको छ।

प्रियंका चोपडा : बलिउडदेखि हलिउडसम्म आफ्नो छवि बनाउन सफल नायिका हुन्, प्रियंका चोपडा। उनले कयौँ पटक ओठ र नाकको प्लास्टिक सर्जरी गराइसकेकी छिन्।


Advertisement



ऐश्वर्या राय बच्चन :  ऐश्वर्या राय बलिउडकी चर्चित नायिका हुन्। विश्व सुन्दरी भएकै नाताले पनि उनको निकै चर्चा हुन्छ। सन् १९९४ मा उनले विश्व सुन्दरीको ताज पहिरिएकी थिइन। त्यस पश्चात उनले ओठको सुन्दरता बढाउन ओठ सर्जरी गराइन्। उनले गालाको पनि सर्जरी गराएको हुनसक्ने चर्चा चल्ने गर्छ।

 


Advertisement


कंगना रनोट : सुन्दरता बढाउन कंगनाले ‘ब्रेस्ट ट्रान्सप्लान्ट’ गरिसेकेकी छिने। साथै ओठलाई सही आकार दिन उनले ‘फुलर लिप’ गराइन्। 

करिश्मा कपूर: करिश्मा कपुरले राजा हिन्दुस्तानी’ खेल्नु अघि अनुहार र नाकको सर्जरी गराएकी थिइन्। तर, उनले नाकको सर्जरी गराएको स्वीकार गरेकी छैनन्।


 

अनुष्का शर्मा : ‘कफि विथ करन’ टिभी शोको एक भागमा जब अनुष्का देखा परिन तब उनको ओठलाइ लिएर सामाजिक सञ्जालमा निकै चर्चा शुरु भयो। निकै हैरान भएर उनले ट्वीटरमा लेखिन, ‘मैले कुनै सर्जरी गरेकी छैन अनि मेरो ओठमा आएको बदलाव केवल मेकअपले गर्दा हो।’ तर अहिलेसम्म पनि उनको ओठमा एकास्सी आएको परिवर्तन सर्जरी गरेर हो भन्ने चर्चा चल्ने गर्छ।

काजोल : काजोलले अनुहारको गोरोपन बढाउन ‘स्किन लाइटनिङ’ गराएको बताइन्छ। उनको बलिउडमा पाएको चर्चा अनि सफलताको पछाडी भने उनको पुरानै अनुहारको भुमिका रहेको छ।

रेखा :  नुरखा गणेशन (रेखा) सुरुवाती दिनमा अलिक मोटी थिइन्। उनका पुराना तस्बिरमा अलिक काली भएको पनि देख्न सकिन्छ। साउथ इन्डियन फिल्म इन्डस्ट्रीबाट बलिउडमा आएपछि रेखाको अनुहारमा ठुलो परिवर्तन आएको थियो। उनले गोरोपन बढाउन ‘स्किन लाइटनिङ’ गराएकी थिइन्।

 

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्