×

NMB BANK
NIC ASIA

विद्यालयमा डिजिटल साक्षरता अभियान

मंसिर २६, २०७६

NTC
Premier Steels

सङ्खुवासभाका सात वटा सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान शुरू भएको छ । पठनपाठनमा सुधार गर्ने र आधुनिक प्रविधिसँग नजिक बनाउने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान शुरू गरेको हो ।

Muktinath Bank

‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ मूल नाराका साथ चैनपुर नगरपालिकास्थित शारदा माध्यमिक विद्यालयमा कार्यक्रम गरेर डिजिटल साक्षरता अभियान शुरू गरिएको छ । अभियानको उद्घाटन गर्दै चैनपुर नगरपालिकाका प्रमुख भरत खत्रीले प्रदेश सरकारको अभियान निकै महत्वाकाङ्क्षीसँगै महत्वपूर्ण पनि रहेको बताउनुभयो । प्रदेश सरकारको अभियानलाई सहयोग गर्नु स्थानीय सरकारको कर्तव्य रहेको खत्रीको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका शैक्षिक गुणस्तर सुधार अभियान कार्यान्वयन समितिका अध्यक्ष उपेन्द्र दाहालले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि पठनपाठनमा कम्प्युटर प्रयोग गर्नुपर्ने देखिएको बताउनुभयो । प्रदेशका सबै सामुदायिक विद्यालयमा तत्काल डिजिटल साक्षरता शुरू गरिने भन्दै १० वर्षभित्र प्रदेशका सबै विद्यालयलाई ‘पेपरलेस’ बनाउने प्रदेश सरकारको नीति रहेको दाहालले बताए। उनले प्रदेशभरका छनोटमा परेका १०० विद्यालयमा डिजिटल साक्षरता अभियान शुरूगरिसकिएको जानकारी दिए।


Advertisment
Nabil box
Kumari

सङ्खुवासभामा चालू आर्थिक वर्षमा डिजिटल साक्षरता अभियान शुरू गर्ने विद्यालयमा धर्मदेवी नगरपालिकाको रामेश्वर मावि, पाँचखपन नगरपालिकाको बाना मावि, सिलिचोङ गाउँपालिकाको सगरमाथा मावि, चैनपुरको शारदा मावि तथा खाँदबारी नगरपालिकाको मनकामना रत्न अम्बिका मावि तुम्लिङटार, हिमालय मावि खाँदबारी र महेन्द्र मावि मानेभञ्ज्याङ छन् ।

Vianet communication

प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न अनुदान व्यवस्थापन, शिक्षक तालीम व्यवस्थापन र विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ समेत छनोटमा परेका विद्यालयलाई उपलब्ध गराउनेछ । प्रदेशले दोस्रो चरणमा ११२ विद्यालय छनोट गरी कार्यक्रम अघि बढाउने भएको छ ।

प्रदेशभरका सामुदायिक विद्यालयमा सरकार, निजी क्षेत्र र साझेदार संस्थाबीचको साझेदारीमा सूचना प्रविधिमा आधारित शिक्षा शुरू गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष दाहालले बताए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x