×

NMB BANK
NIC ASIA

बिना पारिश्रमिक वृद्धवृद्धा र बालबालिकाको स्याहारसँगै घरेलु काममा जोतिनुपर्ने महिलाको बाध्यता

मंसिर २६, २०७६

NTC
file photo
Premier Steels

द्रुत गतिमा विश्व बदलिएर राजनीतिक–सामाजिक क्षेत्रमा अकल्पनीय परिवर्तनहरू भए पनि विकासशील र विकासोन्मुख देशका महिला बिना पारिश्रमिक वृद्धवृद्धा र बालबालिकाको स्याहारसुसारसँगै घरेलु काममा जोतिनुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त हुन नसकेका दारुण अवस्था सार्वजनिक भएको छ ।

Muktinath Bank

लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय (युएन विमेन) ले आज ललितपुरमा सार्वजनिक गरेको ‘विश्वका महिलाहरूको प्रगति २०१९–२०२० : परिवर्तनशील विश्वमा परिवार’ प्रतिवेदनले आर्थिक स्रोत र साधनमात्र होइन आय आर्जनका अवसरबाट पनि महिलालाई वञ्चित गरिएका वास्तविकता प्रस्तुत गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकसित देशहरूमा भौतिक तथा यौन हिंसाको मारबाट नारीहरूलाई जोगिन धौ–धौ परेको कटु यथार्थदेखि विवाह नगरी सँगै बस्ने र वैवाहिक जीवनलाई वैधानिकरूपमा नै टुङ्ग्यार एक्लै बस्ने प्रवृत्तिमा वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।


Advertisment
Nabil box
Kumari

समान कामको असमान ज्याला, रोजगारीका अवसरमा भेदभाव, परिवार र घरभित्रै हिंसा र दुव्र्यवहारजस्ता वेथिति र कुरीतिले धेरै नारीलाई आत्महत्याजस्तो कठोर निर्णय गर्न विवश गराउने विषय प्रतिवेदनमा समेटिको छ ।

Vianet communication

प्रतिवेदन सार्वजनिक गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपालको संविधानले महिलाका हकअधिकार प्रत्याभूत गरेको दोहो¥याउँदै उनीहरूविरुद्धको विभेदको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घका आवासीय समन्वयकर्ता भ्यालेरी जुलियाण्डले नीति निर्मातासँगै समाजका सबै वर्गले घरपरिवारलाई न्याय र समानताको स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले दिगो विकासको तेस्रो, चौथो, पाँचौ र आठौँ लक्ष्यबारे चर्चा गर्दै ती सबै महिला सशक्तीकरण, लैङ्गिक समानता, स्वस्थ जीवन, प्रजनन अधिकार, समावेशी विकास, शिक्षामा पहुँच, हिंसाको अत्यमा केन्द्रित रहेको बताए ।

त्यसअघि सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त छलफलमा युएन वुमेन नेपालका राष्ट्रिय परामर्शदाता सरु जोशीले नेपालमा सुरक्षित गर्भपतन, मातृमृत्यु दरमा कमी, स्वास्थ्य सेवामा पहुँच वृद्धि भए पनि आर्थिक हैसियतमा वृद्धि हुन नसकेको, १२ घण्टा महिलाले बिना पारिश्रमिक काम गर्नुपरेको, आमाका नामबाट सहजै सन्तानले नागरिकता पाउन नसकेका, प्रजनन दर घटे पनि परिवार नियोजनका साधनमा सबै महिलाको पहुँच सुनिश्चित हुन नसकेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x