कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मंसिर २८, २०७६
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा इन्चार्जको रुपमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर दाहालको शनिवार बिहान ७ बजे मृत्यु भयो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित राजेश साहको घरको ग्रीलको गेटमा केही शंकास्पद वस्तु झुण्ड्याइएको देखिएपछि घरधनी शुक्रवार राति करीब ११ बजेतिर प्रहरी कार्यालय पुगेका थिए ।
घरधनीको जानकारीपछि इन्सपेक्टर दाहाल स्वयं केही प्रहरीसहित घटनास्थल निरीक्षण गर्न पुगेका थिए । निरीक्षणकै क्रममा शंकास्पद वस्तु छाम्दा दाहालको निधन भयो ।
राजेशको घरको गेटमा रातो कपडामा केही शंकास्पद वस्तु राखिएको थियो । पिशाब गर्न बाहिर आएको बेला शंकास्पद वस्तु ग्रीलमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको स्थानीयले जनाएका छन् ।
रातो कपडा देखेपछि राजेशले घरका सबैलाई बुवा भिखारी साह बस्ने अर्कै घरमा पुर्याए । त्यसपछि राजेश प्रहरीलाई खबर गर्न गए । राजेशले प्रहरी कार्यालयमा खबर गरेलगत्तै दाहाल घटनास्थल पुगेका थिए । ग्रीलसहित गेट खोलेर राजेश घरबाट आफैं पनि बाहिर आएका थिए । परिवारका सबै सदस्यलाई बाहिर ल्याउँदासम्म झोलामा राखिएको शंकास्प्पद वस्तु विस्फोट भएको थिएन ।
सबै घटनाक्रम सुनेपछि इन्सपेक्टर दाहालले ‘तर्साउनका लागि सामान्य वस्तु झोलामा राखेको हुनसक्ने’ भन्दै झोलालाई आफैं समातेर छाम्न थाले । ‘केही पनि होइन, त्यसै तर्साउनका लागि मात्रै राखिएको हो’ भनेर दाहालले भन्दैगर्दा झोलामा राखिएको शंकास्पद वस्तु ठूलो आवाजमा विस्फोट भयो,’ बम विस्फोटबाट घाइते भएका भिखारी साहले भने ।
रातो झोलामा बम नै भएको रत्तिभर पनि शंका लागेको भए नजिकै महेन्द्रनगरमै नेपाली सेनाको गणबाट बम डिस्पोजल टोली झिकाउन सकिन्थ्यो तर दाहालले बम भएको ठम्याउन सकेनन् र विस्फोटमा परेर ज्यान गुमाए । विस्फोटमा परेर स्थानीय राजेशसहित उनका छोरा आनन्दको समेत मृत्यु भयो भने अन्य ४ जना घाइते भएका छन् ।
बममा ‘टाइमर’ जडान भएको थियो वा रिमोर्ट थिचेर बम पड्काइएकोबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
असईदेखि इन्स्पेक्टरसम्मको यात्रा
इन्सपेक्टर दाहालको घर संखुवासभा हो । संखुवासभाको मादी नगरपालिका–२ स्थित घर भएका दाहाल २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका थिए । उनी २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भए । त्यसपछि २०७५ वैशाख १९ गते प्रहरी निरीक्षकमा बढुवा भएका दाहाल २०७५ कात्तिक ३० गतेदेखि धनुषामा कार्यरत थिए ।
इलाका प्रहरी कार्यालय धनुषाधामको कार्यालय प्रमुख भएर काम गरेका दाहाल करीब १ वर्षदेखि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए । प्रहरीमा भर्ना भएदेखि हालसम्म उनले ३ पटक पुरस्कार पाइसकेका छन् । प्रहरीमा अब्बल तथा इमान्दार मानिने दाहाल असईदेखि इन्सपेक्टरसम्म भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवका अनुसार दाहाल सई हुँदा करीब १४ वर्षजति पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालका निजी सुरक्षा अधिकारी (पीएसओ) रहेका थिए ।
मृतक दाहालको सामाजिक सञ्जाल फेसबूक हेर्दा उनको विवाह रेशमा दाहालसँग भएको देखिन्छ । उनको पारिवारिक तस्वीरमा एउटा छोरा समेत देखिन्छन् ।
‘प्रहरी निरीक्षक दाहालले आफ्नो कामबाट सबै स्थानीयको मन जित्न सफल हुनुभएको थियो,’ क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले भने, ‘उहाँले सबै जनताको मन जित्न सफल भएकै कारण स्थानीयसहित नगरवासी समेत दुःखी भएका छन् ।’
देशले एउटा असल प्रहरी अधिकारी गुमाउनुपरेको उनले बताए । ‘जनतासँग व्यवहार गर्दा, बोल्दा अति नै मिजासिलो भएर पोलाइट किसिमले बोल्ने गरेका इन्स्पेक्टर दाहालको निधन हुँदा हामी मर्माहत भएका छौं,’ मेयर पजियारले भने ।
जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धान अधिकृतको रुपमा कार्यरत प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले एउटा असल साथी गुमाउनुपरेको बताए । घटनाको अनुसन्धानमा खटिएका साहले भने, ‘उहाँ इन्चार्जको रुपमा त्यहाँ खटिनुभएको थियो, हालसम्म कुनै पनि विवाद, राजनीतिक आग्रह वा पूर्वाग्रह तथा पक्षपात आदिको कुनै सिकायत आएको थिएन ।’
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...