×

NMB BANK
NIC ASIA

अत्याधुनिक दमकल खरिद गर्दै काठमाडौँ महानगर

मंसिर २८, २०७६

NTC
Premier Steels

काठमाडौंै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अत्याधुनिक दमकल खरिदको प्रक्रियामा रहेको बताएका छन्।

Muktinath Bank

महानगरको २५ औं बार्षिकोत्सवको अवसर पारेर वडा ६, को रामहिटीमा नवनिर्मित महानगर वारुण यन्त्र तथा तालिम केन्द्रको उद्घाटन गर्दै मेयर शाक्यले भने, ‘सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न क्षेत्र विस्तार गरिएको छ । ६० मिटर अग्लो ल्याडर र ६ हजार लिटर पानी ट्या‌ङ्की क्षमता भएको दमकल गरी ३ वटा अत्याधुनिक उपकरण खरिद प्रक्रियामा रहेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विस्तारित सहरलाई आगोजन्य जोखिमबाट बचाउन रामहिटीमा दमकल स्टेशन रहेको उल्लेख गर्दै शाक्यले भने, ‘यहाँबाट महानगरको उत्तरी क्षेत्रसँगै छिमेकी गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुर र बुढानिलकण्ठ नगरमा पनि प्रत्यक्ष लाभ पुग्छ।’


Advertisment
Nabil box
Kumari

भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भवन कविन्द्र सिद्धार्थ जेभिलाई भवन निर्माण गर्न भ्याटसहित ८ करोड ६१ लाख १६ हजार ९९३ रुपैयाँमा कार्यादेश दिइएको थियो । ३.५ रोपनी क्षेत्रफल जमिनमा निर्माण भएको भवन साढे २ तले १२ हजार बर्गफुटको छ । भवनमा १ लाख ५० हजार लिटर क्षमताको पानी ट््याङ्की छ भने भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, ३ वटा दमकल राख्ने ठाउँ तालिमका लागि २ वटा सुविधा सम्पन्न कार्यक्रम स्थल रहेका छन् । 

Vianet communication

२०७५ साउन २८ गते भवन निर्माणका लागि प्रमुख शाक्यले शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको साढे १५ महिनामा भवन निर्माण सम्पन्न भएको हो । तोकेकै समयमा भवन निर्माण सम्पन्न गरेकोले उद्घाटन समारोमा कबिन्द्र सिद्धार्थ जेभिका निर्माण व्यवसायी यज्ञहरि महर्जनलाई सम्मान गरिएको थियो ।   

अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार आजबाट केन्द्रमा एउटा दमकल, एउटा ल्याडर र एउटा रेक्क्यु जीप र २ वटा फायर बाइक राखिएका छन् । यी उपकरण सञ्चालन गर्न १५ जना अग्नि नियन्त्रक केन्द्रमा २४ सै घण्टा तैनाथ गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x