कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई वार्ताबाटै निकास खोज्न आग्रह गरेका छन् ।
नेपाली जनता द्वन्द्व र हिंसाबाट आजित भइसकेको भन्दै उनले हिंसा त्यागी वार्ताबाटै निकास खोज्नुपर्ने बताए ।
मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले आइतवार बिहान बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पहाडीले भने, ‘विप्लव समूह सरकारका गतिविधिबाट रूष्ट जनतालाई भजाएर राजनीति गर्दैछ । त्यस्तै सत्तापक्षले विप्लवलाई पेलेर सत्ता लम्ब्याउन खोजेको देखिँदैछ । दुवैको गतिविधि ठीक छैन, राज्यले वार्ताको ढोका बन्द गर्नुहुँदैन ।’
उनले थपे, ‘वार्तामा ल्याउन नागरिक समाजले पहल गर्नुपर्छ, जनताका गुनासो राज्यले सम्बोधन गरिनुपर्छ ।’
लोकतन्त्रमा धमिरा लाग्दै गएकाले यसलाई जोगाउने काम राज्यको भएको पहाडीले बताए । उनले भने, ‘लोकतन्त्रमा धमिरा, रोग र ग्रहण लाग्दैछ, देशमा संकट बढ्दै गएको छ, द्वन्द्व चर्कियो, यसलाई जोगाउन जाग्नुपर्छ ।’
पहाडीले खर्चिलो निर्वाचन प्रणालीले राज्यको तीनवटै तहमा भ्रष्टचार बढ्दै गएको बताए । राज्यले दृढ इच्छाशक्ति लिएर भ्रष्टचारीलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।
पहाडीले ठूलो अभियानका साथ मनाउन लागिएको नेपाल भ्रमण वर्षलाई सफल बनाउनुपर्ने पनि बताए । त्यसका लागि पर्यटकरू आउन शान्तिपूर्ण वातावरण हुनुपर्नेमा उनको जोड थियो ।
शान्ति समाजका सभापति उत्तम पुडासैनीले देशमा भ्रष्टचार मौलाएकाले यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व भएको बताए ।
समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले प्रदेश ५ मा भ्रष्टचारले जरा गाडेको बताए ।
दुई दिनसम्म प्रदेश नम्बर ५ को दाङमा चलेको शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठकले लागू औषधको दुर्व्यसन, भ्रष्टचार, सीमा अतिक्रमण रोक्न विभिन्न कार्यक्रमहरू गर्दै जाने कार्ययोजना समेत अगाडि सारेको छ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...