×

NMB BANK
NIC ASIA

नेकपा स्थायी कमिटी बैठक

प्रचण्डको राजनीतिक प्रतिवेदन: सरकारको माइल्ड आलोचना, गुटबन्दी र अनुशासनहीनता बढ्ने चिन्ता

मंसिर २९, २०७६

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

Muktinath Bank

संविधान कार्यान्वयन र संघीयता कार्यान्वयनमा केही प्रगति भएपनि जनताका अपेक्षा पूरा हुन नसकेको प्रचण्डको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार नेकपा स्थायी कमिटी बैठकमा ११ पेज लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले सरकारको कामलाई अझै जनमुखी बनाउनुपर्ने उल्लेख गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘राजनीतिक प्रतिवेदनमा सरकारका कामको माइल्ड आलोचना गरिएको छ,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।

Vianet communication

प्रतिवेदनमा सरकारको काम कारवाहीको समीक्षा,उपनिर्वाचनको समीक्षा,सीमा सुरक्षा र पार्टीको मूल्यांकन लगायतका बुँदा समेटिएका छन् । प्रचण्डले पार्टीमा अनुशासनहीनता बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

पार्टीमा गुटबन्दी बढेको र अनुशासनहीनता बढेकोमा राजनीतिक प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ,’ अर्का एक स्थायी कमिटी सदस्यको भनाइ छ ।

पार्टी एकता सम्पन्न भइसकेपछि पनि चितवनको भरतपुर,धरान उपमहानगरपालिका र भक्तपुरमा उपनिर्वाचनमा पार्टीको पराजय गम्भीर समीक्षाको विषय भएको प्रचण्डले बताएका छन् ।

प्रचण्डको प्रतिवेदनमा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न सीमा विवादको विषयमा पनि उल्लेख छ । सीमा विवाद हल गर्न सरकारले प्रयास गरिरहेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

नेकपा स्थायी कमिटी सदस्य मणि थापाले सरकारको काम कारवाहीको मूल्यांकनपार्टी कामको समीक्षा,उपनिर्वाचनको समीक्षा लगायत विषय प्रचण्डको प्रतिवेदनमा समेटिएको लोकान्तरलाई जानकारी दिए ।

बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन् । प्रचण्डको राजनीतिक प्रस्तावमाथि सोमवारदेखि छलफल शुरू हुने कार्यक्रम छ ।

नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि बसेको हो । स्थायी कमिटीको बैठकअघि बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो ।

सचिवालय बैठकमा केहीबेर सहभागी भएका अध्यक्ष ओली स्थायी कमिटी बैठकमा भने सहभागी भएनन् ।

भीम रावलको असन्तुष्टि

राजनीतिक प्रतिवेदनमाथि बोल्नका लागि प्रत्येक सदस्यलाई १० मिनेटको समय प्रस्ताव गरिएको छ ।

स्थायी कमिटी सदस्य भीम रावललगायत तीन जनाले भने बोल्ने समय बढाउनु पर्ने माग गरेका छन् ।

उनीहरूले एक वर्षपछि बस्न लागेको बैठकमा बोल्ने समय सीमित गर्न नमिल्ने भन्दै सदस्यहरूलाई बोल्नका लागि पर्याप्त समय दिन माग गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x