×

NMB BANK
NIC ASIA

विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदारले ल्यायो नक्कली उपकरण

मंसिर ३०, २०७६

NTC
Premier Steels

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले विमानस्थलमा प्रयोग हुने सामान नै नक्कली ल्याएको पाइएको छ । चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले विमानस्थलका धावनमार्ग, ट्याक्सी–वे तथा टर्मिनल भवन वरपर प्रयोग गरिने ‘लाइटिङ सिस्टम’का सामान नक्कली ल्याएको भेटिएको हो । 

Muktinath Bank

कम्पनीले लाइटिङका लागि आवश्यक पर्ने ३७ करोड रुपैयाँ मूल्यबराबरको सामान ल्याएको छ । ‘ती प्रायः सबै नक्कली छन्,’ स्रोतले भन्यो । नक्कली सामान जोड्न लागेको तथ्य विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले सूचना पाएर चेक–जाँच गर्दा उक्त तथ्य बाहिर आएको हो । ‘चिनियाँ कम्पनीले सीधै नक्कली सामान जडान गरेर ठग्न खोजेको पाइएको छ,’ प्राधिकरणका एक प्राविधिकले भने । आयोजनाले ती सामान जडान गर्न दिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले चिनियाँ दूतावासदेखि उच्च राजनीतिक नेतृत्वसम्म हारगुहार गरेर सोही सामान जडानका लागि लबिङसमेत गरिरहेको छ । ‘कम्पनीले नेपाली राजनीतिक दलका नेतादेखि चिनियाँ उच्च अधिकारीको समेत भनसुन लगाएर सोही सामान जडान गर्न दबाब दिइरहेको छ,’ प्राधिकरण उच्च स्रोतले भन्यो  । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 


Advertisment
Nabil box
Kumari

तीन हजार मिटर लामो र ४५ मिटर चौडा रहेको धावनमार्गको चारैतर्फ सयौँ बत्ती जडान गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा समेत सोही कम्पनीले लाइटिङ सिस्टम जोड्नेछ । सबै स्थानमा जोड्न ल्याइएका बत्ती नक्कली पाइएको छ ।

Vianet communication

‘कम्पनीले चीनबाट सस्तोमा ल्याएको देखिन्छ, जुन थोरै समयका लागि मात्र टिक्छन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लाइटिङ सिस्टम हुँदैन ।’ चिनियाँ कम्पनीले स्थान  रेर फरक–फरक क्षमताका बत्ती हुनुपर्नेमा अर्कै सामान ल्याएको भेटिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x