कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मंसिर ३०, २०७६
रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर पुनले जानकारी दिए ।
प्रविधियुक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पूर्वाधार हाम्रो ईच्छा भन्ने मूल नाराका साथ विद्यालयले मंसिर २५ गतेदेखि स्वर्ण महोत्सव आयोजना गरेको थियो । संकलित रकमबाट विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा र प्रविधि मैत्री शिक्षा प्रदान गर्ने मुख्य उद्येश्य राखेको प्रधानध्यापक ताराबहादुर पुनले बताए ।
हीरक महोत्सवको समापन समारोहमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरको तर्फबाट विद्यालयलाई प्रविधी मैत्री शिक्षा सुविधा सम्पन्न भवन र खेलमैदान निर्माणको लागी नगद रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन ।
नगर प्रमुख गैरेले विद्यालय शिक्षालाई समय सापेक्ष र जीवन उपयोगी बनाउनुपर्ने बताउदै गलकोट क्षेत्रको विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नगरपालिकाले बिशेष योजना लागु गर्ने बताए । स्थानिय सरकार प्रदेश सरकारको अस्तित्व नरहने गरि केन्द्रीय तहबाट बजेटको विनियोजन हुनु समृद्धिको सपनामा सिमित रहने उल्लेख गरे ।
उनले स्थानिय तह सँगको सहकार्यमा योजनाको प्राथमिकीकरण गरि बजेट बिनियोजन गर्न प्रदेश र केन्द्र सरकारलाई आग्रह गरे । हीरक महोत्सवमा आयोजित खुल्ला फुटवल प्रतियोगितामा बागलुङ नगरपालिका ११ विजयी भएको छ ।
सो अवसरमा विद्यालय स्तरिय भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, मयुर नृत्य, सोरठी नृत्य, बाल गीत तथा नृत्य, विद्यार्थीद्धारा पिटी प्रर्दशनी गरिएको थियो भने विद्यालयलाई सहयोग गर्ने सहयोगदाता, जग्गादाता, चन्दादाता, पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो ।
महोत्सवमा पूर्वसंविधान सभासदस्य नरबहादुर पुन, गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी, गलकोट नगरपलिका ६ का वडा अध्यक्ष नरबहादुर खत्री, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, साविक रिघा गाँउ विकास समितिका पूर्वअध्यक्ष गङ्गा भुजेल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, पुर्व प्रधानध्यापक हरि भण्डारीले मन्तव्य राखेका थिए ।
हीरक महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु देवी घर्ती, कुलेन्द्र विश्वकर्मा, जुना श्रीस, प्रकाश सपुत, ईश्वर सिंह, सञ्जय पुन लगायतले सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । थम्मन थापा/बाग्लुङ
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...