कात्तिक ३०, २०८०
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले २४ कमर्सियल बैंकहरू ‘कनेक्ट आरटीजीएस’ प्रणाली जडान गरी सफलतापूर्वक कार्यान्वयनमा ल्याएको छ ।
आरटीजीएस प्रणालीमा भुक्तानी कारोबार प्रविष्ट गर्न तथा बैंकको बैंकिङ सिस्टमसँग अटोमेटेड गर्न बैंकहरूले ‘कनेक्ट आरटीजीएस’ लाई गेटवेको रुपमा प्रयोग गर्ने छन् ।
अधिकांश बैंकले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्टनरको रुपमा नियुक्त गरेका थिए, जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङका लागि आवश्यक सिस्टमहरू तथा बैंकहरूलाई स्वसञ्चालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ ।
आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबार सदस्य बैंक र वित्तीय संस्थाबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फन्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छ्यौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्त्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ । आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको वृद्धिको लागि एनसीएचएलद्वारा प्रदान गरिएको ‘कनेक्ट आरटीजीएस’ बैंक तथा वित्तिय संस्थाको बैंकिङ प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छ्यौटलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।
एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ सदस्यहरू जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी/पीएसओ र अन्य सेवा प्रदायकलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारको स्थापना तथा सञ्चालनमार्फत समग्र बैंकिङ क्षेत्रलाई सहयोग पुर्याइरहेको छ ।
एनसीएचएलको ‘कनेक्ट आरटीजीएस’ एक थप प्रणाली हो, जसले उद्योगलाई न्यून शुल्कमा सहयोग पुर्याउँदै आएको छ । एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डको अनुपालनसहित ‘कनेक्ट आरटीजीएस’ बैंक र वित्तीय संस्थाका लागि न्यून मूल्यमा कार्यान्वयनमा ल्याइएको हो । उक्त प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थालाई पनि उपलब्ध गरिने छ ।
एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीमध्ये विद्युतीय चेक क्लियरिङ, अन्तर बैंक भुक्तानी प्रणाली, ‘कनेक्ट आरटीजीएस’ इ–पेमेन्ट प्रणाली र नेसनल पेमेन्ट इन्टरफेस सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र २० भन्दा बढी पीएसपीएस/पीएसओएस लगायत गैरबैंकिङ संस्था सदस्य रहेका छन् ।
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...