×

NIC ASIA

भुपेनको यात्रा : भलिबलबाट तेक्वान्दोमा फड्को मारेको साढे ३ वर्षमै सागमा स्वर्ण

पुस १९, २०७६

Prabhu Bank
NTC
Premier Steels

मिक्लाजुङ गाउँपालिका, मोरङका भुपेन श्रेष्ठ (२०) ले तेक्वान्दो शुरू गरेको भर्खरै साढे ३ वर्ष भयो । यसबीचमा उनले हासिल गरेको सबभन्दा ठूलो उपलब्धि हो- सागमा स्वर्ण ।

Muktinath Bank

उनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै ८७ केजी मुनि तौल समूहमा तेक्वान्दोबाट स्वर्ण पदक जितेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सागमा स्वर्ण पदक जितेका भुपेनको रुचि पहिला भलिबलमा थियो । उनी स्कूलमा भलिबल खेल्थे । 'बाबाले मलाई भलिबल हेर्न पनि लैजानुहुन्थ्यो । बाबाको चाहना मलाई भलिबल प्लेयर बनाउने थियो,' उनले बाल्यकाल कोट्याए । भुपेनका बुवा पनि भलिबल खेलाडी थिए पहिला । त्यसैले उनी छोरालाई पनि जसरी हो भलिबल खेलाडी बनाउन चाहन्थे । एसएलसीपछि उनलाई बुवाले भलिबल ट्रेनिङ गराउने उद्देश्यले नै काठमाडौं ल्याएको भुपेन बताउँछन् ।


Advertisment
Nabil box
Kumari

'एपीएफमा गएँ । त्यहाँ कन्ट्र्याक्टको खेलाडी नराख्ने भनेर मैले पढाइमा बढी जोड दिन थालेँ,' परिपक्व भलिबल खेलाडी बन्न गरेको संघर्षका दिन सम्झिए उनले ।

Vianet communication

त्यसपछि तेक्वान्दोमा

भुपेन ११ कक्षा पढ्दा नाकाबन्दी भएको थियो । त्यतिबेला उनी तिनकुनेमा बस्थे । उनी घर फर्कँदा बाटोमा तेक्वान्दोको बोर्ड देख्थे ।

'मेरो एउटा साथीले म पनि ट्रेनिङ गर्न जान लागेको भन्यो । अनि मैले उसलाई म पनि जान्छु नि भनेँ,' उनले लोकान्तरसँग भने, ' मैले साथीलाई सेल्फ डिफेन्सका लागि तेक्वान्दो सिक्न मन छ भनें ।'

त्यसपछि उनले घरमा कुरा गरे । बुवाले 'ल सिक' भन्दै अनुमति दिए । अनि भुपेनको तेक्वान्दो यात्रा शुरू भयो ।

उनले सम्झिए, 'नविन गुरुले पनि हाइट राम्रो देखेर यसले राम्रो खेल्न सक्छ भन्नुभयो ।'

उनलाई तेक्वान्दोको लत यस्तो लाग्यो कि शुरूआती दिनमै दिनमा दुई पटक बिहान-बेलुका ट्रेनिङ गर्थे ।

सिक्दै गर्दा गेमहरू खेलिरहेको हुन्थे, इन्टर डोजाङहरू खेल्थे ।

सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीयमा पनि उनले खेले । त्यहाँ हारे । हारे पनि खेल्दै गए ।

*****

काठमाडौंमै फस्ट काठमाडौं इन्टरनेसनल तेक्वान्दो भएको थियो । त्यहाँ उनले ब्राउन्च मेडल जिते । उनले इन्टर डोजाङहरू कहिँ पनि गोल्ड मेडल जितेका थिएनन् । उक्त मेडलले अझै मेहनत गर्न हौसला दियो ।

उनले १२ कक्षा सकेपछि इटहरीमा एउटा फ्रेन्डशिप गेम खेले ।

'सबैले अनुभव पनि हुन्छ, खेल भनेर इटहरीमा गेम खेलेँ । त्यहाँ गोल्ड मेडल जितेँ । त्यो नै मेरो पहिलो गोल्ड मेडल हो,' उनले पहिलो गोल्ड मेडलबारे भने ।

उनले आफूले तेक्वान्दोमा सफलता हासिल गर्दै जानुमा 'नविन गुरु'को सहयोग रहेको स्मरण गरे । सम्झिन्छन्, 'छुट्टीमा मलाई नविन गुरुले जाउ नेसनल टीममा ट्रेनिङ गर भन्नुहुन्थ्यो । अनि मेरो त्यहाँ राम्रो ग्रो भयो । ली कोची र नेसनल टीमका दाईहरूसँग सिकेर न म अहिले यो अवस्थामा आइपुगेको छु ।'

०७४ मा भुपेनले नेसनल गेममा गोल्ड मेडल जिते । अनि एसियन गेमको तयारीमा लागे । 'शुरूमा त एसियन गेमको सेलेक्सनमा हारे । तर पछि माथिल्लो वेटको केटा भएन । मेरो हाइट राम्रो भएर पनि होला गुरूहरूले मलाई चान्स दिनुभयो,' राष्ट्रिय टीमको यात्राबारे उनले भने,'सक्षम कार्की 'दाई' इन्जुरी भएका कारण म जान पाएँ । ट्रेनिङ गर्न कोरिया तथा एसियन गेम खेल्न इन्डोनेसिया गयौं ।'

एसियन गेममा उनले एक फाइट पनि जितेनन् । किनकी त्यो उनले खेलेको अहिलेसम्मकै ठूलो प्रतियोगिता थियो । अनुभव खासै थिएन । 'त्यस्तो ठूलो गेम कहिल्यै पनि खेलेको थिइनँ । जे भएपनि त्यहाँबाट मैले धेरै राम्रो अनुभव हासिल गरेँ । त्यो त केही पनि होइन । मैले धेरै सिक्न बाँकी छ,' उनी सम्झिन्छन् ।

त्यसपछि आठौं राष्ट्रिय खेलकुदमा गोल्ड मेडल जिते । अनि शुरू गरे- स्वर्ण पदक जित्ने लामो यात्रा ।

आठौं राष्ट्रिय खेलकुदपछि उनी इन्डिया ओपन खेल्न गए । त्यहाँ पनि गोल्ड मेडल ल्याए । त्यसपछि उनी सागको सेलेक्सनमा लागे ।

*****

सागको फस्ट सेलेक्सनमा उनले अनोज पुजारीलाई हराए अनि दोस्रो सेलेक्सनमा रामदत्त भट्टलाई । अनि ८७ केजी मुनि तौल समूहमा साग खेल्ने सुनौलो अवसर पाए ।

त्यहाँबाट ट्रेनिङ गर्न जापान गए । १५ दिनको ट्रेनिङ सकेर उनी चीन पुगे । चीनमा पनि गेम खेले । त्यहाँ पनि ब्राउन्च मेडल जिते । 

उनी चाइना ओपनले गर्दा आफूमा साग गेममा हाम्रो प्रदर्शन गर्ने आशा जगाएको बताए ।

'चीनमा आफूभन्दा अग्ला खेलाडीहरूसँग पनि खेल्ने मौका पाएँ, जुन बेस्ट मार्क भयो,' भुपेनले भने ।

*****

सागमा ८७ केजी मुनि तौल समूहमा चार जना मात्रै थिए । शुरूमा बंगलादेश र भुपेन भिडे । बंगलादेशसँग खेल्न उनलाई त्यस्तो गाह्रो भएन । स्कोरिङमै जिते । सागको अनुभव बताउँदै भने, 'इजिली जितेको थिएँ । नर्भस पनि भइनँ, जित्छु भन्ने थियो ।'

फाइनलमा उनलाई केही सहज भयो । कारण पहिल्यै हराइसकेको भारतीय खेलाडीसँग भुपेनको भिडन्त हुने भयो । 'फाइनलमा मैले इन्डिया ओपनमा जितेको केटासँग पर्‍यो । उसलाई पहिल्यै हराएको कारण सागमा पनि जित्छु भन्ने थियो,' फाइनलबारे उनले भने, 'तर हाम्रो गेम एकदमै प्रतिस्पर्धात्मक भयो । मैले स्कोर ल्याएलगत्तै उसले पनि ल्याइहाल्ने । तर लास्टमा ३ अंकले मात्रै जितेँ । फाइनल टफ नै भयो ।'

उनको खेल हेर्न बुवा र बहिनी आएका थिए । दर्शकदीर्घाबाट खेल हेरिरहेका बुवाले छोराले जितेपछि भने- यू डिड इट छोरा ! त्यो भुपेनले पनि सुने । बुवा खुशी हुँदा भुपेन पनि दंग थिए ।

उता खेल सकिएलगत्तै उनलाई ममीले फोन गरेका रहेछन् । तर उनले थाहा पाएनन् । इन्टरभ्युतिर व्यस्त थिए । पछि म्यासेज पनि देखे-कंग्राचुलेसन छोरा !

ममीको म्यासेजपछि उनी एकदमै खुशी भए । भन्छन्- अर्कै फील भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x