कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पुस २०, २०७६
बुटवल उपमहानगरपालिकामा निर्माण साम्रागीको गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ । स्थानीय सरकारको आफ्नै गुणस्तर प्रयोगशाला सञ्चालनमा आएको प्रदेशमै पहिलो हो ।
अत्याधुनिक उपकरणहरु राखिएको यसक्षेत्रको पहिलो र आधुनिक प्रयोगशालाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हालै एक समारोहबीच उद्घाट गरे ।
त्यसअवसरमा प्रमुख सुवेदीले निर्माण सामग्रीको गुणस्तर नापजाँच पछि मात्रै प्रयोगमा ल्याइने भएकाले भवनसंहीताको कार्यान्वयनलाई समेत अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
बुटवलका आयोजनाहरुमा प्रयोग गरिने निर्माण सामग्रीहरुको अब यहीँ प्रयोगशालामा परीक्षण गराएपछि मात्रै स्वीकृती दिइने छ । बुटवलका आयोजनाका अतिरिक्त छिमेकका पालिका तथा आयोजनाहरुले पनि यहीँ प्रयोगशालामा शुलभ परीक्षण गराउन सक्नेछन् ।
यसअघि बुटवल उपमहानगरपालिकालेसमेत आफ्नै आयोजनामा प्रयोग गरिने सामग्रीलाई सडक विभाग र व्यापारिक मार्ग आयोजनाका कार्यालयमा रहेका प्रयोगशालामा लगेर परीक्षण गराउँदै आएको थियो । अब आफ्नै प्रयोगशाला निर्माण भएपछि पहिलेको भन्दा सहज र सुभल हुने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
कुनै पनि निर्माण कार्यका लागि प्रयोग गरिने सामग्रीको गुणस्तर नापजाँच नगराई अब प्रयोग गर्न पाइनेछैन । भवनसंहीताको पूर्ण कार्यान्वयन गर्नुका साथै इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबीपीएस) लागू गरेको बुटवलले अर्को नौलो र व्यवस्थित कामका रुपमा आधुनिक प्रयोगशाला निर्माण गरेको छ ।
प्रयोगशालाको निर्माणसंगै काममा सहजता आउने र महँगोमा बाहिर लगेर परीक्षण गराउनुपर्ने बाध्यताको अन्त्य हुनुका साथै भवनसंहीता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने बुटवल उपमहानगरपालिका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।
प्रयोगशालामा बुटवल र त्यस बाहिरका लागिसमेत सहुलियत दररेट निर्धारण गरेको छ । प्रयोगशालामा सिभएनालाइसिस सबबेस तथा बेस, फिल्ड डेनसिटी, प्रोक्टर कम्प्याक्ट प्रतिसेट, कम्प्रेसिभ स्ट्रेन्थ क्युब र डक्टाइलको परीक्षण गरिनेछ ।
बुटवल उपमहानगरपालिकाको कार्यालय परिसरमा करिब २८ लाख बारबरको लागतमा उक्त प्रयोगशालाको निर्माण गरिएको छ । बुटवलमा उपमहानगर र उपभोक्ता समितिमार्फत गरि करिब एक हजार जति आयोजना सम्पन्न हुँदै आएका छन् । यसपटक भने उपमहानगरले टुक्रे आयोजनालाई बन्द गराएको छ ।
सिभएनालाइसिस सबबेस तथा बेसको परीक्षण बुटवलका आयोजनाका लागि आठ सय रुपैयाँ र बाहिरका लागि नौ सय रुपैयाँ, फिल्ड डेनसिटी प्रतिसेट छ सय रुपैयाँ र बुटवल बाहिरका आयोजनाका लागि सात सय रुपैयाँ दररेट निर्धारण गरिएको छ ।
यसैगरी प्रोक्टर कम्प्याक्ट प्रतिसेटका लागि एक हजार पाँच सय ३० तथा बाहिरका लागि एक हजार आठ सय रुपैयाँ दररेट निर्धारण गरिएको छ । यस्तै कम्प्रेसिभ स्ट्रेन्थ क्युब टेष्ट प्रतिपिस एक सय र बाहिरका लागि एक सय ५० र डक्टाइलको परीक्षण पाँच सय रुपैयाँ दररेट निर्धारण गरिएको छ ।
बुटवलले उपमहानगरमा करिब ४० हजार घरको डिजिटल नम्बरिङ्ग गरिसकेको छ भने प्रत्येक वडाको वस्तुगत विवरण संकलनलाई अन्तिम चरणमा पुर्याएको छ । बुटवलले आवधिक र दीर्घकालीन महत्वका योजनाहरु बनाएर काम गर्दै आएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...