×

NMB BANK
NIC ASIA

कर्णालीमा ‘जेब्राक्रस’ एकातिर, पैदलयात्री अर्कैतिर !

पुस २१, २०७६

NTC
Premier Steels

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित फोर लेन सडकमा केही महिना पहिले ‘जेब्राक्रस’ संकेत राखियो । 

Muktinath Bank

शनिहल लाइन नजिकैको सुर्खेत–जुम्ला सडकखण्डमा बनाइएका जेब्राक्रसलाई सर्वसाधारणले नियमित रुपमा प्रयोग गर्दैनन् । जेब्राक्रमलाई ख्याल नगरी जथाभावी बाटो काट्ने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो संकेत किन बनाइएको हो ? मलाई थाहा नै भएन,’ जेब्राक्रसबारे अनभिज्ञ रहेका पैदल यात्री भुपेन्द्र कार्कीले भने, ‘यसबाट मात्रै सडक वारपार गर्नुपर्छ भन्ने कुरा मलाई थाहा थिएन । अब म आगामी दिनमा यसबाटै सडक वारपार गर्छु ।’


Advertisment
Nabil box
Kumari

उनी मात्रै होइन, सडक जथाभावी पार गर्नेमध्ये अधिकांशले जेब्राक्रसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘जेब्राक्रसबारे कसैले पनि हामीलाई जानकारी दिएका छैनन् । सुर्खेतमा पहिलोपटक जेब्राक्रस राखिएकाले पनि हुनसक्छ, हामीलाई सेतो धर्का तान्नुको अर्थ राम्रो देखाउनको लागि हो कि भन्ने लागिरहेको थियो,’ अर्का पैदल यात्री रमेश शाही भन्छन्, ‘मैले अहिले थाहा पाएँ । अब म सधैं जेब्राक्रस नै प्रयोग गर्छु ।’

Vianet communication

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतीले उल्टै प्रश्न गरे, ‘एक्लै प्रहरीले कति जनालाई सिकाउन सक्ला ?’ जेब्राक्रसबारे जनचेतना जगाउन सबै पक्षले सक्रिय हुनुपर्ने र शहरको भित्रि सडकमा पनि जेब्राक्रस राख्नुपर्ने उनले बताए । वीरेन्द्रनगर नगरपालिकालाई जेब्राक्रस राख्नको लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नागरिकलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउने दायित्व नगरपालिकाको भएको बताइन् । ‘आमनागरिकलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउने जिम्मा हाम्रो हो,’ उनले भनिन्, ‘यो कुरामा हाम्रो ध्यानाकर्षण भएको छ । हामी केहीदिनमै नागरिक समाज, प्रहरी, पत्रकार सबैसँग सहकार्य गर्दै अभियानको शुरूवात गर्छौं ।’ उनले अबको २ महिनाभित्र शहरका भित्रिस्थानमा जेब्राक्रस राखिसक्ने प्रतिबद्धता जनाइन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जेब्राक्रसको प्रयोगबारे प्रदेश ट्राफिक कार्यालयसँग कुराकानी भइरहेको बताए । ‘यहाँका लागि जेब्राक्रस नौलो विषय हो । नागरिकलाई हामीले जेब्राक्रसबाट नै बाटो काट्नुपर्छ भनेर सिकाउन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि ट्राफिक प्रहरीसँग कुराकानी भइसकेको छ ।’

माघ १५ गतेभित्र सडक सप्ताह मनाइने बताउँदै उनले नागरिकलाई जेब्राक्रसबारे जनचेतना अभिवृद्धि गरिने लोकान्तरलाई जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x