फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
गत मंसिर २१ गते साँझ काठमाडौंको तीनकुनेमा १ बालकलाई कुकुरले टोक्यो ।
रेविज छ/छैन भन्ने पत्ता लगाउन कुकुरको निगरानी गर्नुपर्ने चिकित्सकले सुझाव दिने गरेका छन् ।
त्यसतर्फ ख्यालै नगरी केही मानिस मिलेर कुकुरलाई रड र लाठीले हानेर तत्कालै मारे । घटना नजिकैको एक महिलाले थाहा पाइन्, जसले बेलाबेलामा त्यही कुकुरलाई खानेकुरा दिने गर्थिन् ।
जनावर अधिकारकर्मी हुँदै मुद्दा प्रहरी र सरकारी वकिलको कार्यालयसम्म त पुग्यो तर दर्ता गर्न अस्वीकार गरियो ।
केही महिनाअघि नेपालगञ्जबाट दैलेखका लागि लगिएका ३ दर्जन गाईगोरु सुर्खेतको एक जंगलमा मरेको अवस्थामा भेटियो भने कैयौं घाइते भएको कारुणिक दृष्यले मुलुककै ध्यान तानेको थियो । खोटाङको दिक्तेल र लमजुङमा पनि कुकुर मारेको यस्तै घटना सार्वजनिक भएको थियो ।
त्यही मुद्दा दर्ता भएर कानूनी प्रक्रिया चलिरहेका बेला काठमाडौंमा त्यस्तै एउटा निर्दयी समाजबाट घटाइएको घटनामा भने बानेश्वर प्रहरीले चासो नदिएको पशु अधिकारकर्मीको आरोप छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले मुद्दाको प्राथमिकता मान्छेमा बढी हुने भएपनि त्यसरी जनावरलाई पनि मार्न पाइँदैन, कानून लाग्छ कसैले रितपूर्वकको जाहेरी ल्याउँछ भने दर्ता हुने विश्वास व्यक्त गरे ।
मुलुकी संहिता ऐन २०७४ को परिच्छेद २७ मा पशुपक्षीसम्बन्धी कसुरको व्यवस्था छ । ऐनको दफा २९० मा कसैले कुनै पशुपन्छीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आपूmले पालेको पशुपन्छी रोगी वा वृद्ध भएका कारणले सार्वजनिकरुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ ।
कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । ‘कानूनमा स्पष्ट व्याख्या हुँदा पनि मुद्दा दर्ता नगरिनुमा केही गडबडी छ,’ पशुअधिकारकर्मी विकेश श्रेष्ठले भने । आफ्नै छोरालाई टोकेकै कारणले सेतु (कुकुर) कुटीकुटी मारिएको घटनामा दोलखा जिल्लाको विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीको नाम जोडियो ।
उनका अनुसार बिरामी माइला छोराका उपचारका लागि तीनकुनेस्थित एक अस्पतालमा ओली परिवार आएको थियो । अनायासै कान्छो छोरालाई सेतु नामको कुकुरले टोक्यो । ‘एकैछिनमा मान्छे जम्मा भए, विगतमा आफूलाई पनि यही कुकुरले टोकेको भन्दै हिर्काउन थाले,’ शनिवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा ओलीले घटनाबारे भने । कुकुर मार्ने योजनाबद्ध कुनै इन्टेन्सन नभएको दाबी गर्दै ओलीले छोरालाई टोकेको आबेगमा गाडीको टायर खोल्ने रड लिएर छतसम्म आफू पनि पुगेको बताए । घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै ओलीले कुकुर बचाउन प्रयास नगरेकामा भने पश्चाताप गरे ।
कुकुर मारेर अरु मान्छे हिँडेपछि जिम्मेवार नागरिकको हैसियतले अर्काको घरमा त्यसै छाड्न भएन भनेर मरेको कुकुर बोकेर तल ल्याएको स्वीकार्दै उनले महानगरको गाडी नआएमा आफूलाई खबर गर्न भनेर नाम र नम्बरसमेत छाडेको जानकारी दिए ।
‘घटना नहुनुपर्ने थियो, मैले जोगाउन सकिन, म यसमा पश्चाताप गर्छु, यस्तो घटना हुनुहुँदैन, घटना भएकामा दुःखी छु, क्षमाप्रार्थी पनि छु,’ ओलीले थपे । घटनासँग जोडेर सामाजिक सञ्जालबाट आफूलाई अपशब्दसहितको गालीगलौज भएकामा पीडा भएको उनले बताए ।
जनावर संरक्षणमा सक्रिय अभियानकर्मी बीना पन्तले भनिन्, ‘मान्छेसँगै जनावरले पनि बाँच्न पाउनुपर्छ, यसरी पिटीपिटी मारिनुहुन्न, कसैले पनि यस्तो घटना नघटाओस्, हामीलाई खबर गर्नुस्, हामी उद्धार गर्छाैं ।’ कानून कार्यान्वयन गर्ने जनप्रतिनिधिले यस्तो गरेको झन् सह्य नहुने उनको तर्क छ ।
सडकका छाडा कुकुरको संरक्षण गर्दै आएको संस्था रेस्क्यू एनिमल नेपालका अध्यक्ष सिर्जना ठकुरी सेतु (कुकुर) ले कुनै पनि हालतमा न्याय पाउनुपर्ने जिकिर गरिन् । यसरी अरुले जनावरलाई नमारोस् भन्नका लागि पनि नजिर बसाल्नुपर्नेमा अभियानकर्मीको जोड छ ।
पशुपन्छीप्रति निर्दयता रोकावट समाजका अध्यक्ष विकेश श्रेष्ठले जनावरको संरक्षण गर्नुपर्ने जनप्रतिनिधि आफैं यस्ता घटनामा लाग्नु दुःखद् भएको बताए । यस्ता घटना देशका विभिन्न क्षेत्रमा भएको र संस्थाको पहलमा मुद्दा चलाएको नजिर पनि उनले प्रस्तुत गरे ।
उनका अनुसार ३ महिनाअघि यस्तै घटना खोटाङको दिक्तेलमा भएको थियो । लम्जुङमा पनि घटेको थियो । नेपालगञ्जबाट लगेको गाई सुर्खेतमा मरेको घटना अझै सेलाएको छैन । ‘स्पष्ट प्रमाण भएकाको हकमा मुद्दा अगाडि बढाएका छौं, कतिपय प्रमाण नहुँदा हामी मुकदर्शक छौं, यसरी जनावरलाई मार्ने र यातना दिने कुरा सहन गर्न सकिँदैन,’ श्रेष्ठले भने ।
मुद्दा लिएर जाँदा प्रहरी र सरकारी वकिलले नै मुद्दा दर्ता गर्न नमान्नुमा भने आफूलाई दुःख लागेको उनले बताए । अहिले १० भन्दा बढी संघसंस्थाले काठमाडौंमा घाइते भएका छाडा कुकुर, गाई, बिरालोलगायत जनावरको उद्धार गरेर संरक्षण गर्दै आएको छ ।
उनीहरू नै मुद्दा लिएर अहिले सरकारी वकिल र प्रहरीमा धाइरहेका छन् । कतिपय कुकुर र गाई सडकमा गाडीले किचेर अपाङ्ग भएका छन् । कतिपय तातोपानी खन्याएर डढाइएको अबस्थाका छन् । कतिपय काटेर विक्षिप्त अवस्थामा उद्धार गरिरहेको अभियानकर्मी बताउँछन् ।
पशु अधिकारकर्मी बीना पन्त लामो संघर्षपछि मानिसलाई त बल्ल उद्धार गर्न थालिएको स्मरण गर्दै समाजमा पशुलाई पनि उचित संरक्षण दिनुपर्छ भन्ने चेत फैलाउन जरुरी रहेको बताइन् । नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले जनावरलाई पनि संरक्षण दिनुपर्छ भन्ने चेतना यो घटनाले दिएको बताए । – नारायण ढुंगाना/रासस
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...