उडानमा बलिउड नायिकामाथि याैन दुर्व्यवहार गर्ने व्यवसायीलाई तीन वर्ष कैद

बलिउडकी पूर्वनायिकामाथि विस्तारा एयरलाइन्सकाे विमानकाे उडानकाे क्रममा याैन दुर्व्यवहार गर्ने व्यवसायीलाई अदालतले दोषी ठहर गरेको छ। 

भारतको विशेष अदालतले ती पूर्वनायिकामाथि दुर्व्यवहार गर्ने ४१ वर्षीय व्यवसायी विकास सचदेवलाई तीन वर्ष कैद फैसला सुनाएको हो। ती नायिका १७ वर्षकी छँदा घटना भएकाे थियाे।


Advertisement

ती नायिकाले आफूमाथि भएको दुर्व्यवहारको बारेमा इन्स्टाग्राम अकाउन्टमा भिडियो शेयर गरेर बताएकी थिइन् । त्यसप५ि सचदेवविरुद्ध महिलामाथि आपराधिक आक्रमण र बालबालिकालाई यौन दुर्व्यवहार कसूरबाट सुरक्षा सम्बन्धी धारा अन्तर्गत मुद्दा दर्ता  गरिएको थियो। सचदेव सन् २०१७ मा पक्राउ परेकोमा तारेखमा छुटेका थिए।

सचदेवले ती नायिकालाई उडानका बेलामा कम्मर र गर्दनमा घरिघरि छोएको आरोप जायराले लगाएकी थिइन्। विमानबाट ओर्लेपछि उनले रुँदै इन्स्टाग्राममा लाइभ भिडियोमार्फत आफूमाथिको दुर्व्यवहारका बारेमा बताएकी थिइन् । ती नायिकाले सन् २०१९ मा बलिउडबाट सन्यास लिएकी थिइन्।( गाेपनियताका कारण समाचारमा पीडितकाे नाम खुलाइएकाे छैन)


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्