×

NMB BANK
NIC ASIA

छात्रवृत्ति पाउन ६ कक्षादेखि नै सरकारीमा

माघ ३, २०७६

NTC
Premier Steels

कक्षा ६ देखि सरकारी स्कुल पढेका विद्यार्थीले मात्रै उच्च शिक्षा अध्ययनमा छात्रवृत्तिको अवसर पाउने भएका छन्। यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेपछि छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाइन्थ्यो।

Muktinath Bank

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको छ। यो विधेयक प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार सर्वसम्मत रूपमा पारित गरेको छ। मुलुक संघीय संरचनामा गएपछि जारी संविधानको प्रतिकूल हुने व्यवस्था हटाउन ऐन संशोधन गर्न लागिएको हो। विधेयकमा मूलतः विश्वविद्यालय शिक्षाका प्रावधान समेटिएका छन्। ‘साना कक्षा निजी स्कुलमा पढेका विद्यार्थी छात्रवृत्तिका लागि मात्र माथिल्लो कक्षामा सरकारीमा पढ्ने प्रवृत्ति बढेको छ’, समिति सभापति जयपुरी घर्तीले भनिन्, ‘यसलाई नियन्त्रण गर्न नयाँ व्यवस्था गरेका हौं।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार अब साधारण परिवारसहित दलित, जनजाति, अल्पसंख्यक हरेक वर्गका नागरिक सरकारीमा नपढे छात्रवृत्तिका लागि योग्य हुनेछैनन्।


Advertisment
Nabil box
Kumari

कक्षा ११ र १२ अनि उच्च (विश्वविद्यालय )तह छात्रवृत्तिमा पढ्न सरकारीबाट एसईई उत्तीर्ण भएको प्रमाणपत्र पेस गर्नुपर्छ। एमबीबीएस, नर्सिङ, इन्जिनियरिङ, कृषि तथा वनलगायत विषय छात्रवृत्तिमा पढ्न चर्को प्रतिस्पर्धा हुने गरेको छ। यस्तो विषयको पढाइ सञ्चालन गरिरहेका कलेजले स्वदेशी लगानीका भए १० प्रतिशत र विदेशी भए भर्ना भएका कुल विद्यार्थीको २० प्रतिशतलाई छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था छ।

Vianet communication

त्यसबाहेक विभिन्न मुलुकबाट पनि यी विषय पढ्न सरकारलाई छात्रवृत्ति कोटा आउने गरेको छ। यसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षामार्फत विद्यार्थी छनोट गर्दै आएको छ। यी विषयमा प्रतिस्पर्धा गर्न चाहनेले सरकारीबाटै एसईई उत्तीर्ण गरेको हुनुपर्ने प्रावधानले आफूहरू समस्यामा परेको भन्दै निजी विद्यालय सञ्चालकले विरोध गर्दै आएका थिए।

नयाँ व्यवस्थाले सरकारी स्कुलमा विद्यार्थी आकर्षण बढ्ने सरकारको अनुमान छ। कक्षा ८ सम्म निजीमा पढेर छात्रवृत्तिका लागि ९ देखि सरकारीमा गई एसइई पनि त्यहींबाट उत्तीर्ण गर्ने लहर चलेको छ। तल्ला कक्षा निजीमा पढेर तुलनात्मक रूपमा बढी मेहनत र लगानी गरेका विद्यार्थीको सिकाइस्तर राम्रो हुने र छात्रवृत्तिसम्बन्धी प्रतिस्पर्धामा पनि उनीहरू अब्बल हुने गरेका कारण सरकारीका विद्यार्थी पछि पर्ने गरेका छन्।

राजधानीमा उत्कृष्ट कहलिएका सरकारी स्कुलमा अझै तल्ला कक्षामा विद्यार्थी संख्या न्यून छ। माथिल्ला कक्षामा भने थेगिनसक्नु विद्यार्थी भर्ना हुने गरेका छन्। ‘उच्च शिक्षा छात्रवृत्तिमा पढ्नकै लागि हामीकहाँ हरेक वर्ष तल्ला कक्षामा पढ्ने विद्यार्थीभन्दा माथिल्लोमा भर्ना हुने क्रम बढिरहेको छ’, त्रिपुरेश्वरस्थित विश्व निकेतनका प्राचार्य हेरम्बराज कँडेलले भने, ‘यसले विद्यार्थी व्यवस्थापनमै समस्या हुने गरेको छ।’

उनका अनुसार कक्षा ९ मात्रै ३ सय विद्यार्थी भर्ना भएका छन्। कक्षा ८ मा भने १ सय ७५ जना मात्रै छन्। यस्तै समस्या राजधानीकै ज्ञानोदय, पद्मोदय, तरुण, कन्यालगाय विद्यालयले पनि झेलिरहेका छन्। ‘यो व्यवस्था कार्यान्वयनमा गएपछि सरकारी विद्यालयमा विद्यार्थी आकर्षण बढ्ने विश्वास लिएका छौं’, शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले भने।

मन्त्रालयका तर्फबाट यो विधेयक गत चैत १ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो। वैशाख २५ मा राष्ट्रियसभामा प्रस्तुत विधेयक भदौ १३ गते पारित भएको थियो। त्यसपछि प्रतिनिधिसभाको समितिमा पठाइएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x