मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सत्तरी वर्षअघि जनगणतन्त्र चीन बनेदेखि पहिलोपटक जन्मदर सबभन्दा कममा झरेको छ । एक सन्तान नीतिलाई खुकुलो बनाइएको भए पनि यो स्थिति आएको हो ।
सन् २०१९ मा प्रत्येक हजारमा १०.४८ जन्मदर थियो र त्यो सन् १९४९ देखिकै सबभन्दा कम हो, राष्ट्रिय तथ्यांक विभागले जनायो ।
सन् २०१९ मा जम्मा एक करोड ४६ लाख बच्चा जन्मेका थिए ।
देशको जन्मदर विगत केही वर्षदेखि लगातार खसिरहेको छ र यो संसारको दोस्रो अर्थतन्त्रका लागि चुनौती बनेको छ ।
जन्मदरमा गिरावट आए पनि मृत्युदर समेत कम हुँदा चीनको जनसंख्या सन् २०१९ मा १ अर्ब ४० करोड पुगेको छ ।
तर घट्दो जन्मदरले ‘डेमोग्राफिक टाइमबम’ को त्रास फैलाएको छ । त्यो भनेको कामकाजी मानिसहरूले ठूलो संख्यामा रहेका सेवानिवृत्त भएका मानिसको हेरचाह गर्नुपर्ने स्थिति आउनु हो ।
सन् १९७९ मा चीन सरकारले देशभरि एक सन्तान नीति ल्याएर जनसंख्या वृद्धिलाई सुस्त बनाउन खोजेको छ ।
उक्त नियमको उल्लंघन गर्ने परिवारहरूले जरिवाना तिर्नुपर्थ्यो, रोजगारी गुम्थ्यो र कहिलेकाहीँ गर्भपात गर्न पनि बाध्य बनाइन्थो ।
तर यस नीतिका कारण लैंगिक असमानता आएको आरोप लागेको छ । सन् २०१९ को आँकडा अनुसार महिलाभन्दा ३ करोड बढी पुरुष छन् ।
सन् २०१५ मा सरकारले एक सन्तान नीति अन्त्य गरेर विवाहित जोडीलाई दुई सन्तान जन्माउन अनुमति दियो ।
तर त्यस सुधारले देशको घट्दो जन्मदरलाई उल्ट्याउन सकेन ।
विज्ञहरूले एक सन्तान नीति खुकुलो बनाएपनि पारिवारिक जीवनलाई सहज बनाउने अन्य परिवर्तन आएनन् । अर्थात् बच्चाको स्याहार गर्न नगदी सहयोग र थप छुट्टी नपाउने स्थिति छ ।
यसले गर्दा धेरैजसोले एकभन्दा बढी सन्तान जन्माउन गाह्रो मान्ने गरेका छन् ।
बीबीसीबाट
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...