×

NMB BANK
NIC ASIA

नेपालमै छ अश्लील मेला : जहाँ २४ घण्टा अपाच्य शब्द बोल्न खुला हुन्छ

माघ ५, २०७६

NTC
तस्वीर सौजन्य: अन्नपूर्ण पोस्ट
Premier Steels

अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ। अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन्। तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनि एउटा अनौठो मेला लाग्छ। त्यो मेलामा यौनका बारेमा जसलाई जे बोल्न मन लाग्यो, त्यही बोल्ने छुट हुन्छ।

Muktinath Bank

युवादेखि बूढापाका पनि अरू बेला गाउँ समाजमा अपाच्य हुने शब्द बोल्दै गाउँ डुल्छन्। मगर र दलित समुदायले सगोलमा मनाउने यो मेला समय र व्यवस्था बदलिए पनि पुरानै स्वरूपमा जीवित छ। यसरी छाडा रूपमा बोल्न समय भने निश्चित अवधिको हुने स्थानीय तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापाले बताए। ‘यो हाम्रो पुर्खादेखि चल्दै आएको चलन हो’, थापाले भने, ‘पहिले माघ ५ मा हुन्थ्यो, पछिल्ला वर्षमा भने १ गते माघी खाएर माघ २ गते दिउँसो ४ बजेदेखि ३ गते अपराह्न ४ बजे (२४ घण्टा) पुतली नसेलाएसम्म अश्लील शब्द बोल्न छुट हुन्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवार, आफन्त, गाउँसमाजका महिला पनि मेलामा सरिक हुन्छन्। सुन्नै अप्ठ्यारो लाग्ने यौनसम्बन्धी शब्द बाजाको तालमा, ठैबराको लयमा भाका हाल्दै बोलिरहन्छन्। कोही गाउँछन्, कोही तरुनी नजिक गएर नाच्छन्। तर, स्थानीय महिलामा कत्ति पनि अप्ठ्यारो र हिच्किचाहट देखिँदैन। यस्तो लाग्छ; स्थानीय युवती, महिलाले यसलाई आफ्नो संस्कारका रूपमा पचाइसकेका छन्।


Advertisment
Nabil box
Kumari

पहिलो पटक बाहिरबाट गएकाहरू भने रातोपिरो हुन्छन्, जिब्रो टोक्छन्, लाजले मुख छोप्छन्। यो मेला भर्न बागलुङका साथै छिमेकी रुकुम, रोल्पालगायतका स्थानबाट पनि ठूलो संख्यामा मानिस आउँछन्।

Vianet communication

किन बोल्छन् त अश्लील ? स्थानीय अगुवा नैनसिंह बुढामगर भन्छन्, ‘यसको कथा पुराना वीरमाना राजा–रानीसँग जोडिएको छ। हामी यो मेला निरन्तर मनाउँदै आएका छौं।’ मेलामा राजा वीरमानको सैन्य प्रतीकका रूपमा पुतली नाच नचाइन्छ। राजाको सम्झनामा प्रत्येक वर्ष पुतली नचाउँदा घरपरिवार र गाउँमा सुख, शान्ति मिल्ने र बालीनालीसमेत राम्रो हुने जनविश्वास छ। त्यही नाचका बेला राजाले आफ्ना अनुशासनमा रहेका सैनिकलाई रमाइलो गरेर खुसियाली मनाउन निश्चित समय सबै कुरा बोल्ने छुट दिएको कथनसँग अश्लील बोल्ने विषय जोडिएको हुनसक्ने बुढाले बताए।

अब त अश्लीलता हटाउने कि भन्ने प्रश्नमा निसीखोला–६ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बुढामगरले परम्परा नतोड्ने बताए। ‘हामीले पनि अहिलेको समाजमा यो अलि अस्वाभाविक भयो, हटाउने कि भन्ने हिसाबले छलफल गर्‍यौं’, बुढाले भने, ‘आफ्ना पुर्खाहरूले चलाएको रीतिथिति, संस्कार हो, यसमा नयाँ पनि नथप्ने र पुरानो पनि नछोड्ने भन्ने निष्कर्ष निकालियो। अब यसकै संरक्षण सम्बद्र्धन गरेर अघि बढ्ने सोचमा छौं।’

पुतली नाच अंग्रेजहरूसँग लडाइँ जितेपछि विजयोत्सव मनाउने क्रममा थालिएको स्थानीयवासीको भनाइ छ। राजारानीको मूर्तिजस्तै माटोको पुतली बनाइने, पुतलीको स्वरूपमा रंगीविरंगी भेषभूषामा पुतली बनेर पुरानो जमानामा हुने सैन्य शैलीको हातमा तरबार, भाला, खुँडा लिएर ढालसहित नाच्ने गरिन्छ।

माघ ३ का दिन पुतलीलाई डोलामा बोकिन्छ र कापैसँग डुलाइन्छ। भल्कोट गाउँभन्दा केहीमाथि रहेको एउटा बारीमा पुगी पुतली घुमाइन्छ र पुतलीजस्तै बनेका मान्छेहरू हातमा तरबार, लट्ठी लिएर नाच्छन्। साँझपख डोलामा बोकेको पुतलीलाई नदी किनारमा विसर्जन गरिन्छ। पुतली विसर्जनपछि स्थानीयवासीले आफन्तलाई घरमा लगी तरुल, रोटीलगायत मीठा परिकार खुवाउँछन्। लामो समय खडेरी परेको समयमा पनि पुतली नचाएपछि पानी पर्ने गरेको स्थानीयवासी बताउँछन्।यो नाचसँग जोडिएको अर्को रोचक पाटो हो, भालुको पित्त देखाउने। पुतली नाच र कापैसँगै सांकेतिक रूपमा गाउँलेले भालुको पित्त देखाउने गर्छन्। यो देख्दा जोकोहीलाई आश्चर्य लाग्छ। एक जना मानिसलाई घुम (भेडाको ऊनबाट बनाइएको कपडा)ले बेरिन्छ। उसलाई खरानी लगाएर नचिन्ने बनाइएको हुन्छ, जसलाई भालु भनिन्छ। ती व्यक्तिलाई धेरै रक्सी खुवाएर लट्ठ बनाई पशुझैं दाम्लोले बाँधेर लतारिन्छ।

केही बेरमा मान्छेको भीडमा लगेर भालु आयो भन्दै उसको गुप्तांग सबैमाझ देखाइदिने र खरानी, माटो हाल्दिने गरिन्छ। यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीयवासी बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x