×

NMB BANK
NIC ASIA

सूचना प्रविधि विधेयकको विरोधमा रुपन्देहीबाट प्रधानमन्त्रीलाई विरोध पत्र

माघ ५, २०७६

NTC
Premier Steels

सूचना प्रविधि विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले आइतवार प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको छ ।

Muktinath Bank

संविधानले सुनिश्चित गरेको नागरिकका मौलिक अधिकारको हनन् हुने गरी सरकारले विधेयक ल्याएको भन्दै कांग्रेसले विरोध प्रदर्शनसहित प्रशासनमार्फत् प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको हो । कांग्रेसको पार्टी कार्यालय  भैरहवाबाट निस्किएको विरोध जुलुससहितको र्‍यालीले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई विरोध पत्र बुझायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको नेतृत्वमा जिल्लाभरीबाट आएका कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए । ज्ञापनपत्र बुझाएपछिको विरोध सभामा बोल्दै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले संविधानले नै सुनिश्चित गरेको नागरिकका मौलिक अधिकारविरुद्ध सरकारले विधेयक ल्याएकाले कांग्रेसले त्यसको विरोध गरेको बताए । नागरिक स्वतन्त्रता बिना लोकतन्त्र रहन नसक्ने भएकाले लोकतन्त्रको रक्षाका लागि यस्ता विधेयक फिर्ता गर्नु पर्नेमा उनले जोड दिए ।


Advertisment
Nabil box
Kumari

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याइएको विधेयक नेपाली कांग्रेसले कुनै पनि हालतमा पास हुन नदिने दाबी उनले गरे । संविधान पदत्त अधिकार रक्षाका लागि कांग्रेसले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने सभापति रज्जाकले चेतावनी दिए ।

Vianet communication

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालले बोल्दै अभिव्यक्ति  स्वतन्त्रता नभएको मुलुकमा लोकतन्त्र बलियो र दिगो हुन नसक्ने भन्दै मौलिक हकविरुद्ध ल्याइएका यस्ता विधेयक तत्काल फिर्ता लिन माग गरे ।

सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा विचार तथा अभिव्यक्ति लेखेकै भरमा पाँच वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना वा दुवै सजायसहितको दण्ड व्यवस्था ल्याउन लागेको छ । जनअपेक्षा अनुरूप काम गर्न नसकेको सरकारले आफ्ना कमीकमजोरीहरू ढाकछोप गर्नकै लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता नै  खुम्च्याउने  गरी विधेयक ल्याइएको भन्दै विज्ञहरूले समेत यसको विरोध गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x