×

NMB BANK
NIC ASIA

प्रदेश सभा हिउँदे अधिवेशन : राजधानी र नाम टुंगो लगाउन सांसदहरूको माग

माघ ५, २०७६

NTC
फाइल फोटो
Premier Steels

प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन आइतबारबाट शुरू भएको छ ।

Muktinath Bank

यो अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो लगाउने अपेक्षा गरिएको छ । विधयेक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो लगाउनुपर्ने दबाब छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको राजधानी र नामकारण टुंगो लगाउन दबाबमा रहेको प्रदेश सभाको पहिलो दिनकै बैठकमा सांसदहरूले यही विषयलाई उठान गरे ।


Advertisment
Nabil box
Kumari

बैठकमा बोल्दै नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले हिउँदे अधिवेशनबाटै प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन आग्रह गरिन् । 

Vianet communication

उनले भनिन्, ‘सबै कुरामा अब्बल प्रदेशले अब नामकारण र राजधानीको टुंगो लगाउने विषयमा ढिलाइ गर्न हुँदैन, यही अधिवेशनले टुंगो लगाएर अगाडि बढनुपर्छ ।’ 

नेकपा प्रमुख प्रमुख सचेतक भूमिश्वर ढकालले राजधानी र नामकरण टुंगो लगाउन प्रदेश सभामा गठन भएको विषेश समितिले पेश गरेको प्रतिवेदनलाई व्यापक छलफल गरी सोही प्रतिवेदनका आधारमा राजधानी र नामकरणको विषय टुंग्याइनुपर्ने बताए । 

‘उपसमितिले बैठकमा प्रतिवेदन प्रस्तुत गर्छ, त्यसमा सबै राजनीतिक दलहरूबीच छलफल गरी प्रदेशसभाभित्रैको छलफलबाट यो विषय टुंगो लगाउँछौं,’ प्रमुख सचेतक ढकालले भने । 

उनले प्रदेशलाई समृद्ध बनाउन सबै जुटनुपर्ने बताए । 

नेकपामा अर्का सांसद दिपेश थारूले पनि स्थायी राजधानी र नामकरणको विषयलाई टुंग्याउन माग गरे ।

उनले हिउँदे वर्षाका कारण कृषि बालीमा धेरै क्षति पुगेकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने पनि बताए । 

समाजवादी पार्टीका सांसद सन्तोष कुमार पाण्डेयले आमाको नामबाट नागरिकता पाउने व्यवस्था भएपनि कार्यान्वनमा समस्या भएको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । 

बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले पनि बोलेकी थिइन् । 

प्रदेश सभाको अर्को बैठक यही माघ १२ गते बस्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x