×

NMB BANK
NIC ASIA

कुकुरले बच्चाको लिंग नै खाइदिएपछि...

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ।’ तर, उनले कहाँ टोक्यो भनेचाहि‌ कुकुरले टोके पनि समाचार बन्छ भनेर चाहि‌ लेखेनन् । 

Muktinath Bank

प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्तोष केसी अहिले १५ वर्षका भए। कुकुरले उनको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो। केसी जब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो। गरिब केसी परिवार यस बेला सहयोगको याचना गर्दै चारैतिर हात फिजाइरहेको छ। 


Advertisment
Nabil box
Kumari

छोराको उपचारका लागि आर्थिक अभाव भएपछि आमा बिजुली केसीले सबैसँग सहयोगको आग्रह गर्दै भनिन्– ‘उपचारका लागि धेरै ठाउँमा धायौं, तर खर्च नै धेरै भन्छन् ।

Vianet communication
Laxmi Bank

सन्तोषको अहिले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा पहिलो चरणको सल्यक्रिया सम्पन्न भएको छ। 

प्यूठानको बाँदिकोटमा २०६१ सालमा जन्मेका सन्तोषको सुतेको समयमा छिमेकीको कुकुरले लिड्ड खाइदिएको थियो । 

आमा बच्चालाई सुताएर बस्तुभाउलाई घाँसपात गर्दै थिइन् भने सन्तोषका बुबा गिरबहादुर केसी जागिरका लागि भारतमा थिए।

पछि गिरिबहादुरको उतै निधन भयो। घरमा आर्थिक जोहो गर्ने कोही नहुँदा यो परिवार समस्यामा पर्‍यो।

सन्तोषका दाज कामका लागि भारत गए पनि उनी पनि सम्पर्कमा छैनन्। बालकको त्यो अवस्था भएपछि विभिन्न ठाउँमा लगेर उपचार गरियो। तर, धेरै पैसा सकिसक्दा पनि उपचार पूरा हुन सकेको छैन। 

सन्तोषको समस्या झन् बल्झेको छ। ‘उपचारका लागि धेरै ठाउँमा धायौं, नेपाल र भारतका थुप्रै अस्पताल लग्यौं, २०६८ सालमा पहिलोपटक काठमाडाैं साँखुको सुष्मा कोइराला मेमोरियल अस्पताले सल्यक्रिया गरी लिड्ड बनाइदियो,’ आमा बिजुलीले बताइन्। 

अहिलेसम्म सन्तोष सामान्य ढंगले पिसाब गर्न सक्दैनन्। 

दुख्ने, पोल्ने अनि छटपटाउने गर्छन्। यही अवस्था रहने हो भने, उपचार नहुने हो भने भोलि यौनक्रियामा पनि समस्या आउने डाक्टरहरूले नै बताएका छन्।

अहिलेसम्म घर–जग्गा बन्दगी राखेर धेरै पैसा सकिइसकेको छ। तर अहिले अझै कति रकम लाग्ने हो, यति ठूलो रकम कसरी जुटाउने त्यही पीडाले म बौलाहीजस्तै भइसकें’ आमा बिजुलीले सहयोग गर्न चाहनेहरूका लागि सन्तोष केसीको नाममा राष्ट्रिय बाणिज्य बकको विजेवारका खाता नः ४४३००१८६६३१० मा रकम जम्मा गरिदिन सबैसँग बिन्ती गरेका छन् ।

उनले थप जानकारीका लागि भन्दै फोन नम्बरहरू पनि उपलब्ध गराएका छन् – ९८५७०७१७२७, ९८६०८४२२३२, ९८४९३७०९१५,९८४७८७९७७३ र ९८४७४५७४०२। नेपाल समाचारपत्रमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x