×

NMB BANK
NIC ASIA

सभामुखमा सापकोटा निश्चित, यस्तो छ उनको राजनीतिक यात्रा...

माघ ६, २०७६

NTC
Premier Steels

नेकपाले सभामुखको उम्मेदवार बनाएका अग्नि सापकोटा पार्टीका स्थायी कमिटी सदस्य हुन् ।

Muktinath Bank

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ निवासी सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सात वर्षसम्म माध्यमिक विद्यालयका प्रधानाध्यापक भएका सापकोटाले १५ वर्ष शिक्षण गरेका छन् । सिन्धुपाल्चोकबाट सापकोटा तीनपटक सांसद पदमा निर्वाचित भएका थिए । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनी सञ्चारमन्त्री र २०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा वनमन्त्री थिए ।


Advertisment
Nabil box
Kumari

अध्ययनकै क्रममा २०२९ सालमा विद्यार्थी संगठनमा आबद्ध भई २०३५ सालमा (नेकपा चौथो महाधिवेशन)मा पार्टीको सदस्यता प्राप्त गरेका थिए । उनले २०३७ मा शिक्षक संघर्ष समितिको सदस्य (नेराशिस) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै नेराशिसको केन्द्रीय महासचिव र उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

Vianet communication

२०४८ मा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । उनी २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । २०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनी २०५२ माघदेखि भूमिगत भए ।

२०५२ फागुनबाट सुरु सशस्त्र युद्धको नेतृत्वमा पूर्वी उपक्षेत्रीय ब्युरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट ब्युरो सदस्यमा निर्वाचित भएका सापकोटा २०५८ मा पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी भएका थिए ।

१४ चैत २०६२ मा सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकोप्टरबाट प्रहार भएको गोली तीन ठाउँमा लागेर गम्भीर घाइते भएका उनी २०६२÷६३ को दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाई जनआन्दोलनमा परिचालन गर्ने नेतृत्वमा थिए ।

२०६९ माघमा भएको एकीकृत नेकपा (माओवादी)को हेटांैडा महाधिवेशनवाट पोलिटब्युरो सदस्य निर्वाचित सापकोटा २०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०७१ मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य र २०७३ मा नेकपा (माओवादी केन्द्र) को कार्यालय सदस्यको जिम्मेवारी निर्वाह गरेका सापकोटा अहिले नेकपा स्थायी कमिटी सदस्य छन् । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x