जेम्स् प्रधानको ‘आईदेऊ आईदेऊ’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा

सुमधुर स्वरका लागि चिनिने जेम्स् प्रधानले टुबोर्ग ओपन सेसन्स् सिजन २ मा आफ्नो लोकप्रिय गीत ‘आईदेऊ आईदेऊ’ को लाईभ प्रस्तुती पेश गरेका छन् । 

सन् २००४ मा रिलिज भएको ‘आईदेऊ आईदेऊ’ टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागी विशेष रुपमा रिएरेन्ज गरिएको छ ।


Advertisement

‘आईदेऊ आईदेऊ’ ले एक प्रेमीको ईच्छाहरू व्यक्त गर्दछ । प्रधानले गीतको शब्द, संगीत र गायनमा काम गरेका छन् भने ड्रम्स्मा प्रबिन मानन्धर, बेस्मा पवन कपाली र गितारमा भुपेन्द्र बज्रचार्य र ज्योति घिमिरे रहेका छन् । 

नेपाली संगीत बजारमा प्रधान प्रचलित कम्पोजर रहेका छन र धेरै लोकप्रिय हिटहरू दिएका छन् । ऊनको गीत गाऊने भिन्न शैलीका लागी पनि ऊनलाई चिनिन्छ । 


Advertisement

टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतीहरू पेश गरिन्छ । 

ऊक्त डिजिटल प्ल्याटफर्मले विभिन्न प्रसिद्घ कलाकारहरूको सांगीतिक सहकार्य मार्पmत पुराना र हालका लोकप्रिय गीतहरूलाई नयाँ शैलीमा प्रस्तुत गर्दछ ।

नेपाली संगीत ऊद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरूलाई सम्मान गर्ने पनि यस सेसनको लक्ष्य रहेको छ ।

सिजन १ मा युट्युबमा च्यानल आरबिट्ररी मार्फत अपलोड गरिएको ५१ वटा बेजोड गीतहरूले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्