सभामुखको उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक

प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा सभामुख पदमा उम्मेदवारी दिने कि नदिने, दिए कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय हुनेछ ।


Advertisement

बैठकले उपसभामुखको उम्मेदवार पनि टुंगो लगाउने सम्भावना छ ।

नेकपाको स्पष्ट बहुमत रहेकाले कांग्रेसको उम्मेदवारी औपचारिकतामात्र हुने सम्भावना छ, सोही कारण उपसभामुखमा मात्र उम्मेदवारी दिने कि भन्ने विषयमा पनि छलफल भइरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्