जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न खासै प्रयास नगरिएको ग्रेटाको भनाइ (भिडियो)

ग्रेटा थनबर्गले स्विट्जरल्यान्डको डाभोसमा आयोजना भइरहेको विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै जलवायु परिवर्तनको सामना गर्नका लागि विश्वनेताहरूले खासै केही पनि नगरेको बताएकी छन् । 

यी १७ वर्षीया किशोरीले मंगलवार सम्मेलनको उद्घाटन सत्रमा दिगोपन विषयमा किशोर अभियन्ताहरूको प्यानलमा यो कुरा राखेकी हुन् । 


Advertisement

लगातार दोस्रो वर्ष ग्रेटा डाभोसमा देखिएकी हुन् । उनको सम्बोधनपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कीनोट सम्बोधन दिने कार्यक्रम छ । ट्रम्प जलवायु परिवर्तनमा विश्वास गर्दैनन् । 

प्यानल डिस्कसनमा थनबर्गले पहिलेभन्दा धेरै मानिस वातावरणीय समस्याका बारेमा सचेत भएको बताइन् । 


Advertisement

तर सीओ२ उत्सर्जन घटाउने लगायत संसारको समस्यालाई सामना गर्न खासै ठोस कदम नचालिएको उनले थपिन् ।

एजेन्सी 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्