×

NMB BANK
NIC ASIA

१२ वर्षसम्म सेक्स नगर्दा कस्तो असर ? सोफीले खुलाइन् आफ्नो किताबमा

माघ ७, २०७६

NTC
प्रतीकात्मक तस्वीर
Premier Steels

सोफी फन्टानेल पेरिसकी एक प्रसिद्ध लेखिका हुन्। उनले २७ वर्षको उमेरमा अचानक सेक्ससँग दूरी  बनाउने फैसला गरिन्।

Muktinath Bank

योसँगै फन्टानेलले १२  वर्षसम्म सेक्स गरिनन्। र,  यसरी लामो समयसम्म सेक्स नगर्दा जीवनमा परेको असरबारे आफ्नो किताव ‘आर्ट अफ स्लीपिङ्ग एलोन’ मा खुलाएकी छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५७ वर्षीया सोफीले हालै मात्र न्यूयोर्क टाइम्समा एक अन्तर्वार्ता दिएकी छन्। १२ वर्षसम्म सेक्स नगर्दा आफूमा कस्तो प्रकारको शारीरिक र मानसिक परिवर्तन आयो भन्नेबारे खुलाएकी छन्।


Advertisment
Nabil box
Kumari

सोफी २२ वर्षकी हुँदा उनी प्रेम सम्बन्धमा परेकी थिइन्। उनी ५ वर्षसम्म प्रेम सम्बन्धमा रहिन्। यो बेला सोफी आफ्ना प्रेमीलाई खुसी राख्न हरदम प्रयास गर्थिन्।

Vianet communication

तर, उनलाई एक दिन लाग्यो ‘खुसीका लागि सबै चिज’ गर्ने चक्करमा आफूसँग गलत नहोस। र, आफैलाई सोधिन के म सन्तुष्ट छु?

सोफीलाई आफ्नो सेक्स जीवनप्रति दिक्क लाग्न थाल्यो। तर, उनलाई यो कुरा स्वीकार गर्न मुस्किल भइरहेको थियो। उनले भनेकी छिन्,‘सेक्सको अनुभव नलिएका मान्छे यसलाई अफ्ठेराे मान्ने गरेको पाइन्छ। तर फ्रान्समा खाना र सेक्सलाई प्राथमिकता दिइन्छ।’

सोफीले आफ्ना प्रेमीसँग भनिन्, ‘म एक्लै रहन चाहन्छु।’ सोफीका साथीहरुले पनि उनीसँग सोधे ‘तिमी अरुसँग माया गर्न थालेको हो?’

तर, उनले भनिन्, ‘म आफ्नो शरीरलाई आराम दिन चाहन्छु।’ सोफी जान्न चाहन्थिन् उनको शरीरले सेक्स  बाहेक अरु के चाहन्छ?

सोफीको भनाइ छ कि शारीरिक सम्बन्ध राख्दा आफ्नो पार्टनरसँग भरोसा हुन्छ।  शरीर, दिल र दिमागी रुपमा पनि आफ्नो पार्टनरसँग सँगै रहन सकु भन्ने हुन्छ।’

उनी शारीरिक रुपमा प्रेमीसँग रहन्थिन् तर उनको दिमाग अन्यत्रै हुन्थ्यो। सोफी मानसिक रुपमा एकत्रित हुन चाहन्थिन् तर शारीरिक रुपमा आफैँलाई तयार गर्न सक्थिनन्। एक दिन हिम्मत गरिन्। आफ्नो पार्टनरसँग कुराकानी र सेक्सबाट दूरी बढाउने निर्णय लिइन्।

सोफीका अनुसार आफूले उक्त फैसला लिएको केही दिनमै खुशी महसुस भयो। उनलाई आफ्नो फैसलामा पछुतो पनि लागेन। उनले भनेकी छिन्, ‘मभित्र कयौँ इच्छा जागे तर पुरुषलाई लिएर थिएन।’

उनी त्यसपछि ग्रीस गइन घुम्न। स्विमिङ शुरु गरिन्। र पानीमा रहन राम्रो लाग्न थाल्यो।  उनी साथीहरुलाई समय दिन थालिन, रमाउन थालिन। 

सोफीको भनाइ छ, आफ्नो बोरिङ सेक्स लाइफमा फोकस गर्न बन्द गरिदिए। त्यसपछि उनी माया बाहेक जिन्दगीको अरु अध्यायबारे सोच्न थालिन। 

र, सोफीको जिन्दगी जिउने तरिका परिवर्तन भयो। सोफीको भनाइ छ ‘सेक्स नगर्नुको मतलब दुखी वा बोरिङ हुनु होइन।’

अन्तर्वातामा उनले भनेकी छिन्, ‘धेरै मान्छे  सेक्सलाई जिन्दगीको सबैभन्दा ठूलो चीज मान्छन्।  तर मेरा लागि यो भन्दा पनि जरुरी  माया गर्नु र कविता लेख्नु हो। मेरो शरीर मशीन होइन। यो जान्न मलाई  धेरै समय लाग्यो।’

सोफीले यो पनि भनेकी छन्, ‘यदि तपाईँसँग कोही होस्। जोसँग सबै कुरा आदानप्रदान गर्न सक्नुहुन्छ। तपाईँ आफ्नोे जिन्दगी आफ्नो हिसाबले जिउन सक्नुहुन्छ। सेक्स च्वाइस हुनुपर्छ। अनिवार्यता होइन।’-एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x