दीपक मनाङ्गेबाट कुटिएका एन्फा कास्कीका अध्यक्ष गुरुङले गरे पत्रकार सम्मेलन

पोखरामा आयोजित मुख्यमन्त्री कप फूटबलमा लफडा भएपछि सांसद् राजीव गुरुङ (दीपक मनाङ्गे)बाट कुटिएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधवार पत्रकार सम्मेलन गरेका छन् ।

अध्यक्ष गुरुङले पत्रकार सम्मेलन गर्दै आफूले कानूनी बाटो खोज्ने बताएका छन् । सार्वजनिक रूपमै सांसदबाट कुटपिट हुनु गलत भएको उनले बताए ।


Advertisement

'उहाँले मलाई मुक्का हान्दा म सयंम भएर बसेँ । किनकी सम्पूर्ण सभासद्को इज्जत जान्छ भनेर सहेर बसेँ,' उनले भने ।

उनले घटना भएपनि मुख्यमन्त्री कपलाई नरोक्ने समेत बताए ।


Advertisement

उनले जीउधनको सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिनेसमेत पत्रकार सम्मेलनमा जानकारी गराए ।

भ्रष्टाचारको आरोप लगाउँदै मंगलवार राजीवले उनलाई मुक्का हानेका थिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्