अमेरिकी राष्ट्रपति ट्रम्प पाकिस्तान जाने !

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तान भ्रमणमा जाने सम्भावना रहेको पाकिस्तानी अधिकारीले बताएका छन्।

किस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेशीले बुधबार दिएको जानकारीअनुसार राष्ट्रपति ट्रम्प चाँडै नै पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको छ।  


Advertisement

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति ट्रम्पका बीचमा डाभोसमा भएको भेटका क्रममा ट्रम्पको पाकिस्तान भ्रमणको कुरा भएको कुरेशीले बताए।

 विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका बेला उनीहरुबीच ‘साइडलाइन’ वार्ता भएको थियाे। दुई नेताबीच कुराकानी भएको एक घण्टापछि विदेशमन्त्री क्युरेशीले राष्ट्रपति ट्रम्प पाकिस्तान आउने सम्भावना रहेको छ।


Advertisement

 पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पाकिस्तान भ्रमणबाहेक अन्य पनि धेरै विषयमा कुराकानी गरेको कुरेशीले जानकारी दिए।  पाकिस्तानप्रति अमेरिकाले हेर्ने दृष्टिकोणमा सुधार गर्नेलगायत धेरै महत्वपूर्ण विषयमा पनि उनीहरुले छलफल गरेकाे बताइएको छ।

ट्रम्प र खानका बीचमा व्यापार तथा लगानीका विषयमा पनि विषेश प्राथमिकताका साथ सहकार्य गर्ने सहमतिसमेत भएको पाकिस्तानी विदेशमन्त्री कुरेशीले बताए। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्