प्रहरीलाई घुस दिएको आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी अम्बेया खातुनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात सो सामानहरू छुटाइदिने भनी खातुनले इलाका प्रहरी कार्यालय जीतपुर बाराका प्रहरी कर्मचारीलाई घुसवापत २८ हजार दिन खोज्दा तत्काल निज खातुनलाई नियन्त्रणमा लिइएको थियो ।


Advertisement

अनुसन्धानको सिलसिलामा आरोपी खातुनले घुस दिएको तथ्य पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय गरी  २८ हजार विगो कायम गरी आरोपपत्र दायर गरेको छ ।  
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्