छाउपडी प्रथा अन्त्यका लागि तीन तहकै संयुक्त कार्ययोजना बन्छ : मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले छाउगोठ भत्काउने कार्य सरकारले शुरु गरिसकेकाले यसको अन्त्यका लागि मानसिकरुपमा तयार हुन आग्रह गरेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा बुधबार सुर्खेतमा आयोजित ‘छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान’ अन्तक्र्रिया कार्यक्रममा उनले भने, 'कर्णाली तथा सुदूरपश्चिमको समस्याका रुपमा रहेको कुप्रथा अत्यका लागि तीनै तहका सरकारको संयुक्त कार्ययोजना बन्छ।'


Advertisement

मन्त्री गुरुङले  यहाँका महिलाको उत्थानका लागि सीपमूलक तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने भन्दै कर्णाली तथा सुदूरपश्चिम भ्रमणगरी यसमा विशेष कार्यक्रम ल्याएर अघि बढ्ने बताए।

  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्