×

NMB BANK
NIC ASIA

भ्रष्टाचार सूचकांकमा नेपाल ११ स्थान माथि उक्लियो

माघ १०, २०७६

NTC
Premier Steels

 नेपालको सुशासनको अवस्थामा सुधार हुँदै गएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ ।

Muktinath Bank

गत वर्ष ३१ अंक पाएको नेपालले यस वर्ष ३४ अंक पाएर केही माथि उक्लिँदै सुधार गरेको हो । तर, अझै पनि नेपालको अवस्थामा आशा गरेअनुरूप सुधार आउन नसकेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांकले ५० अंक ल्याउने मुलुकलाई सुशासनको अवस्था राम्रो भएको मान्ने गरेको छ । सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त मानिन्छन् । नेपालको अवस्था अझै सुधारोन्मुख रहेको टीआईको निष्कर्ष छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१८ मा १२४औं स्थानमा रहेको नेपाल यस वर्ष ११३आंै स्थानमा उक्लिएको छ । यस वर्ष नेपालले तीन अंक बढी पाएर कुल ३४ अंक बनाए पनि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमध्ये २०औं स्थानमा छ । भ्रष्टाचार अवधारणा सूचकांक २०१९ का लागि ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सर्वेक्षण गरेका थिए । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्स्म्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्ट (भीडीईएम) को सर्वेक्षणका आधारमा सूचकांक प्रतिवेदन सार्वजनिक गरिएको हो ।
नेपाललाई विश्व बैंकले ३५ अंक दिएको छ भने वल्र्ड इकोनोमिक फोरमले ४० नम्बर, ग्लोबल इनसाइटले ३५ नम्बर, बर्टेल्स्म्यान फाउन्डेसनले २९ नम्बर, वल्र्ड जस्टिस प्रोजेक्ट ३५ नम्बर र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्टले २९ नम्बर दिएको छ ।


Advertisment
Nabil box
Kumari

१ सय ८० मुलुकमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशाअनुसारको प्रतिफल प्राप्त नभएको जनाएको छ । एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरू गत वर्षको तुलनामा बलियो र मजबुत देखिन थालेका छन् । गत वर्षको तुलनामा नेपालले एउटाबाहेक सबैजसो क्षेत्रमा बढी अंक पाएको छ । आयात–निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुसखोरीको विषयमा स्थिति सुधार भएको छ ।

Vianet communication

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल च्याप्टरका मुकुन्द प्रधानका अनुसार सन् २०१९ मा विश्वभर भ्रष्टाचार विरोधी अभियानमा शिथिलता आएको छ । पैसाले राजनीतिमा प्रभाव पारेका मुलुकमा भ्रष्टाचार मौलाएको देखिएको उनले बताए । सन् २००४ देखि नेपालमा ट्रान्सपरेन्सीको सूचांकमा समेटिन थालेको हो ।

सर्वेक्षणअनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ । इन्टरनेसनल नेपालले भनेको छ, ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१९ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिन्छ ।’

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार ‘सरकारी तहमा हुने भ्रष्टाचारबाट आजित जनतामा राज्यका निकायप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपातरहित बजेट र सेवामा सरोकारवालाको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, स्वार्थको द्वन्द्वमा सम्बोधन, निर्णय प्रक्रियामा सरोकारवालाको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृतिको अन्त्य तथा नागरिक, सामाजिक अभियन्ता र पत्रकारहरूको सशक्तीकरणजस्ता विषयको सम्बोधनबाट भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिप्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ ।

भ्रष्टाचारमा कुन देशको अवस्था कस्तो ?

विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क छ । यसले ८७ अंक प्राप्त गरेको छ । विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको जारी सूचीमा उल्लेख छ । सोमालियाले मात्रै ९ अंक प्राप्त गरेको छ ।

विश्वमा सुशासनको अवस्था सबैभन्दा उत्कृष्टको सूचीमा रहेका डेनमार्क र न्युजिल्यान्डले १०० अंकमा ८७ अंक पाएका छन् । त्यस्तै, फिनल्यान्डले कुल १०० अंकमा ८६ अंक प्राप्त गरेको छ । सुशासनमा उत्कृष्ट सिंगापुर, स्विडेन र स्विट्जरल्यान्डले ८५ अंक प्राप्त गरेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भेनेजुएला, यमन, सिरिया, दक्षिण सुडान र सोमालिया जनाएको छ । कुल १०० अंकमा भेनेजुएला १६ अंकसहित १७६औं र यमन १५ अंक पाएर १७७औं स्थानमा छ । सिररिया १३ अंकसहित १७८औं, दक्षिण सुडान १२ अंकसहित १७९ र सोमालिया ९ अंकसहित पुछारमा छ ।

दक्षिण एसियाली राष्ट्रमा भुटान कम भ्रष्टाचार गर्ने मुलुक

एसिया प्यासिफिक मुलुकमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा न्युजिल्यान्ड रहेको छ भने सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान देखिएको छ । सीपीआई २०१९ मा दुई तिहाइ मुलुकले ५० भन्दा कम अर्थात् औसत ४३ अंक पाएका छन् । २२ देशले भ्रष्टाचारको सूचकांकमा सुधार गरेका छन् भने २१ देशको स्कोर अझ तल झरेको छ ।

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो । भुटान ६८ अंक प्राप्त गरी २५औं स्थानमा छ । दक्षिण एसियाली मुलुकमध्ये भुटान ६८ अंक प्राप्त गरी २५औं, भारत ४१ अंक प्राप्त गरी ८०औं, मालदिभ्स र श्रीलंका ३८ अंक प्राप्त गरी ९३औं, पाकिस्तान ३२ अकंसहित १२०औं, बंगलादेश २६ अंक प्राप्त गरी १४६औं र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३औं स्थानमा छन् । त्यस्तै, चीन ४१ अंक प्राप्त गरी ८०औं स्थानमा छ ।

कसरी हुन्छ मापन ?

नागरिक र सेवाग्राहीले व्यक्त गर्ने अवधारणका आधारमा तय गरिने भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) प्रतिवेदन तयार गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल आफैं प्रत्यक्ष संलग्न हुँदैन । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले गर्ने सर्वेक्षणका क्रममा संकलन गरिने सूचनालाई विश्लेषण गरेर समग्र सूचक निकालिन्छ ।

अनुसन्धानका लागि विभिन्न स्रोतबाट तथ्यांक संकलन गरिन्छ । सम्बन्धित मुलुकमा भ्रष्टाचारको स्थितिबारे व्यवसायी तथा विभिन्न क्षेत्रका विज्ञ के सोच्छन् भनेर उनीहरूको धारणा बुझिन्छ । सार्वजनिक क्षेत्रमा रहेको भ्रष्टाचारबारे उनीहरूको धारणालाई विभिन्न अंक दिइन्छ । त्यसका आधारमा देशअनुसार विषयलाई स्कोर दिइन्छ । जहाँ अंक ० देखि १०० भित्रमा ० ले ‘सबैभन्दा भ्रष्टाचार हुने’ बुझाउँछ भने १०० ले ‘सबैभन्दा कम भ्रष्टाचार हुने’ भन्ने बुझाउँछ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x