×

NMB BANK
NIC ASIA

हिजो दिनभर : राष्ट्रियसभामा कांग्रेसले सिट गुमायो, नेकपाले पायो १६ सिट

माघ १०, २०७६

NTC
Premier Steels

प्रचण्डलाई बाबुरामको जवाफ– ओलीको पिंजडामा छट्पटाइरहेकाले हामीलाई शरण दिने !
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई पार्टीमा आउन आग्रह गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जवाफ फर्काएका छन् ।

Muktinath Bank

बिहीवार ट्वीट गर्दै बाबुरामले खड्गप्रसाद ओलीको पिंजडामा फसेर छट्पटाइरहेका प्रचण्डले आफूहरूलाई शरण दिन नसक्ने टिप्पणी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्! आफैं त महादेव उत्तानो टाँग; कस्लाई दिने वर......?' बाबुरामले ट्वीट गरेका छन् ।


Advertisment
Nabil box
Kumari

समाजवादी पार्टीका नेता-कार्यकर्तालाई बुधवार पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले बाबुराम, अशोक राई र उपेन्द्र यादवलाई नेकपामै आउन आग्रह गरेका थिए ।

Vianet communication

पार्टी प्रवेश गर्ने नेताहरूले बाबुराम र अशोक राईहरू पार्टीमा निरीह भएर बस्नुपरेको बताएपछि प्रचण्डले नेकपामै आउन आग्रह गरेका थिए ।

भ्रष्टाचार सूचकांकमा नेपालको ३ अंक सुधार, ११ स्थान माथि उक्लियो

नेपालमा भ्रष्टाचार केही घटेको ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकले देखाएको छ ।

ट्रान्सपरेन्सीले सार्वजनिक गरेको करप्सन परसेप्सन इन्डेक्स (सीपीआई) मा नेपाल ११ स्थान माथि उक्लिएर १ सय १३औं स्थानमा पुगेको हो ।

अघिल्लो वर्ष १०० पूर्णाङ्कमा ३१ अंकसहित १२४औं स्थानमा परेको नेपालले यस वर्ष ३४ अंक प्राप्त गरेको छ ।

सूचकांकमा केही सुधार देखिएपनि नेपाल भ्रष्टाचार ब्याप्त मुलुकको सूचीमा भने यथावत छ ।

सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचारविरोधी निकायहरूको कारवाही, न्यायपालिकाका काम–कारवाही, कर असुलीसम्बन्धित निर्णयहरू, सुरक्षा निकाय खासगरी नेपाली सेनामा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंगित गरेको देखिन्छ,’ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले उल्लेख गरेको छ ।

सरकारको भ्रष्टाचारविरोधी प्रतिबद्धता कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरूपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्याहरूमा सुधार नभएका कारण नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सीको ठहर छ ।

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

गण्डकी प्रदेशका सासंद दिपक मनाङ्गे भनिने राजिव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पोखराले पक्राउ पूर्जी जारी गरेपछि प्रहरी टोलीले पोखराबाट सांसद मनाङ्गेलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।

एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

गुरुङले बुधवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । पक्राउ पर्नुअघि मनाङ्गेले बिहीवार बिहान राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका थिए । 

स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित सांसद मनाङ्गे केही महिनापछि नेकपामा प्रवेश गरेका थिए ।

विद्युतीय बस किनेर चलाउन नसकेपछि सरकारले साझासँग ब्याजसहितको रकम फिर्ता माग्ने

सरकारको निर्देशन अनुसार समयमै विद्युतीय बस किनेर चलाउन नसकेपछि सरकारले साझा यातायात सहकारी संस्थालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने भएको छ ।

गत माघ ६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुल बास्कोटाले गत असारमा मन्त्रिपरिषद बैठकले नै निर्णय गरेर साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

सरकारले सेयर लगानीमार्फत दिएको उक्त रकमले विद्युतीय सवारी साधन समयमै किन्न नसकेको भन्दै सरकारले सेयर रकम फिर्ता लिने निर्णय गरेको हो ।

साझामा गरेको लगानी फिर्ता ल्याएर सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नयाँ विद्युतीय बस किन्न सैद्धान्तिक सहमति दिएको छ ।

राष्ट्रियसभामा कांग्रेसले सिट गुमायो, यी हुन् विजयी सदस्यहरू (नामावलीसहित)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभामा सिट गुमाएको छ। 

राष्ट्रिय सभाका १८ सिटका लागि बिहीबार निर्वाचन भएकोमा कांग्रेसले ७ सिट गुमाएको हो। १८ सिटमध्ये नेकपाले १६ र राजपाले २ सिटमा बाजी मारेका हुन्।

आगामी २० फागुनमा  नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ गरी १८ सदस्यको पद रिक्त हुने भएपछि चुनाव भएको हो।

प्रदेश २ मा नेकपा र राजपाबीच चुनावी गठबन्धन भएको थियो। प्रदेश २ मा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहका १-१ जना गरी ४ सदस्यका लागि चुनाव भएकाेमा नेकपा र राजपाले २-२ सिट बाँडेका हुन्। बाँकी प्रदेशमा नेकपाले जित हासिल गरेको हो।

प्रदेश २ मा नेकपा उम्मेदवारहरू महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानले जीत हात पारेका हुन्। प्रदेश २ बाट राजपाका उम्मेदवार मृगेन्द्रसिंह यादव र  शेखरकुमार सिंह विजयी बनेका छन्।

प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी ३ सदस्यका चुनाव भएको थियो। यो प्रदेशमा तीनै जना नेकपाका उम्देवारले जितेका छन्।  नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ।

बागमती प्रदेशमा नेकपामा उम्मेदवार विजयी भएका छन्। महिला सदस्यमा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल विजयी भएका हुन्।

राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन्।

प्रदेश नम्बर ५ मा बिहीवार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवारले बाजी मारेका छन् । नेकपाका तर्फबाट अपांग र अल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा, महिलातर्फ नेकपाका तर्फबाट विमला घिमिरे र तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराई विजयी भएका छन्।

२ सिट रहेको कर्णाली प्रदेशमा पनि नेकपाले जितेको छ। नेकपाका उम्मेदवारद्वय मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका छन् ।

सुदूरपश्चिममा महिला र अन्य समूहका दुई सिटका लागि चुनाव भएकोमा नेकपाका उम्मेदवारले जितेका छन्। नेकपाबाट उम्मेदवार खुलातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टले जितेका हुन् । 

प्रदेशगत रूपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट्रिय सभा सदस्य चुनिएका हुन्।

अब निर्वाचित भएकाहरुले २१ फागुनबाट जिम्मेवारी सम्हाल्नेछन्। उनीहरुको पदावधि ६ वर्ष हुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x