चीनमा १० दिनभित्र कोरोना भाइरसका लागि अस्पताल बनाउन निर्देशन

चीनमा फैलिएको कोरोना भाइरसबाट बच्न तिव्र रूपमा स्वस्थ्य क्षेत्रसम्बन्धी काम भइरहेको छ ।

भाइरसले सबैभन्दा बढी प्रभावित बनाएको सहर बुहानको प्रशासनले १० दिनमा भाइरसम्बन्धी उपचार गर्ने उच्चस्तरीय अस्पताल बनाउन आदेश दिएको छ ।


Advertisement

प्रशासनले उच्चस्तरीय अस्पताल बनाउन आदेश दिएसँगै काम सुरू भएको छ ।

यस अस्पताल निर्माणपछि भाइरसकाे उपचार हुने हुँदा फैलन कम हुने विश्वास गरिएको छ ।


Advertisement

भाइरसबाट चीनमा अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ भने ८ सय ३० जनामा संक्रमण देखिएको छ ।

२५ हजार वर्ग मिटरमा निर्माण हुने अस्पतालले आगामी ३ फेब्रुअरीदेखि उपचार सुरू गर्ने भएको समाचारमा जनाइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार बुहान प्रशासनले सरकारी निर्माण कम्पनीद्वारा क्याडियन जिल्लामा इमरजेन्सी अस्पतालको निर्माण काम सुरू गरेको छ ।

'चाइना कन्स्ट्रक्सन थर्ड इन्जिनियरिङ्ग' ब्युरोका कर्मचारीले शुक्रबारदेखि अस्पताल निर्माणको काम गरेका छन् । एजेन्सी

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्