×

NMB BANK
NIC ASIA

हिजो दिनभर : ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता, सहमतिमै देश चलाउने सहमति !

माघ १२, २०७६

NTC
Premier Steels

नेपाली क्रान्तिको मोडेल संसारका कुनै किताबमा भेटिँदैन : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रान्तिको मोडेल संसारका कुनै पनि किताबमा नभेटिने बताएका छन्।

Muktinath Bank

गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित पुस्तक ‘जनताको जनवादका आधारहरू’ कोे शनिबार बिमोचन गर्दैै प्रचण्डले नेपालको जनवादी क्रान्ति विश्व इतिहासमै मौलिक भएको बताएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले भने, ‘विश्व इतिहासमा पूँजीवादी क्रान्तिको नेतृत्व कम्युनिष्टहरुले गर्ने गरेका छन्। तर, नेपालले त्योभन्दा मौलिक मोडेलको विकास ग¥यो। हाम्रो क्रान्तिमा पूँजीपति वर्गलाई पनि साथ लियौं। यो मोडेल संसारको कुनै पनि किताबमा खोजेर भेटिँदैन।’ 


Advertisment
Nabil box
Kumari

प्रचण्डले कम्युनिष्ट आन्दोलन सामन्तवाद, साम्राज्यवादविरोधी आन्दोलन भएको बताए। उनले भने, ‘कम्युनिष्ट आन्दोलन सामन्तवाद, साम्राज्यवादविरोधी आन्दोलन हो।

Vianet communication

सामन्तवाद र वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्ष गरेर नै माओत्सेतुङले चीनमा जनवादी क्रान्ति सम्पन्न गर्नुभयो। क्रान्तिको नेतृत्व सर्वहारा वर्गको हातमा आयो। तर, हिन्दूस्तानको आन्दोलन त्यसो हुन सकेन।’

‘हिन्दूस्तानको कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्न नसक्नुमा साम्राज्यवादसँग नरम नीति लिनु पनि थियो,’ प्रचण्डले भने, ‘त्यहाँको कम्युनिष्ट पार्टीले साम्राज्यवादसँग सङ्घर्ष गर्न सकेन। बरु, उल्टै साम्राज्यवादसँग सहकार्यको नीति लियो। त्यसको फाइदा डेमोक्र्याट्सहरुले उठाए। त्यसमा चीन र रुसका कम्युनिष्ट नेताहरुको सल्लाह पनि जिम्मेवार छ। त्यसकारण हिन्दूस्तानको कम्युनिष्ट आन्दोलन सोचेअनुसार अघि बढ्न सकेन। त्यसबाट हामीले गम्भीर शिक्षा लिएका छौं।’

 

सुजाताको सन्देश :  कोइराला परिवारका तीनै जना मिलेर कांग्रेसको नेतृत्व लिन तयार !

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली कांग्रेस सच्चिनुपर्ने बताएकी छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिवार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राखिन् ।

नेत्री कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको बताइन् ।

पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उनले नेताहरूले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिइन् । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका हामी तीन जना एक ठाउँमा उभिएको प्रसंग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन् ।

नेत्री कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि छ भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन् ।

कांग्रेस रहे हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई सुझाव दिँदै उनले बहुचर्चित एमसीसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिइन् ।

परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्बाट स्वीकृत गराउनुपर्ने बताउँदै उनले परियोजनामा केही बुँदामा त्रुटि छ भने यसलाई सच्याउनुपर्ने उल्लेख गरिन् ।

 

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता : सहमतिमै देश चलाउने सहमति !

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान भएको छलफललमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।

उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेका बताए ।

‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो,’ उनले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’

प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल कांग्रेससँग छलफल गरेर मात्र गरेका थिए ।

 

एमसीसीका केही प्रावधान परिमार्जन गरेर पारित हुन्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन् ।

शनिवार आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उनले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताए ।

एमसीसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उनले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गरे ।

गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको बताए । उनले सरकारले आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिए ।

पछिल्लो समयमा निर्यात बढेको बताएका गृहमन्त्री थापाले अब सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको बताए ।

सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि लाभदायक भएको उनले उल्लेख गरे । उनले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलप्रवाहमा ल्याउने काम जारी नै रहेको जानकारी दिए ।

 

साढे ९ महिनापछि खुल्यो विश्वविद्यालयको ताला
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे ९ महिनापछि शनिवार बिहान खुलेको छ ।

गत चैत्रको अन्तिम साता नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको तत्कालीन उपकुलपति प्रा.भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टलाई पदमुक्त गरेपछि तालाबन्दी गरेको थियो ।

‘एउटै विश्वविद्यालयमा २/२ वटा उपकुपति र रजिस्ट्रार हुने अवस्था आएपछि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालाबन्दी गरेका थियौं,’ नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘विश्वविद्यालयको स्वायत्तता र प्रचलित ऐन नियमको अवमूल्यन गर्ने काम भएकाले हाम्रो असहमति हो ।’

नेविसंघले शनिवार प्रेस विज्ञप्ति जारी गरी विश्वविद्यालयमा उत्पन्न विवादको समाधानका लागि उच्चस्तरीय कार्यदल गठन भएको र सो कार्यदलले विवाद समाधानतर्फ उन्मुख भएको जानकारी गराएपछि तालाबन्दी खुलाएको बताइएको छ । ‘कार्यदलको कार्यमा सहजीकरण गर्नका लागि तालाबन्दी खोल्ने निर्णय लिएका हौं,’ विज्ञप्तिमा भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x