×

NMB BANK
NIC ASIA

लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने

माघ १५, २०७६

NTC
Premier Steels

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ ।

Muktinath Bank

हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते सोमबार बिहान ७ः३० बजे लुम्बिनीबाट लामा गुरुलाई हस्तान्तरण गर्ने उक्त शान्तिदीपलाई सोही दिन पोखराको हेम्जास्थित शाक्य गुम्बामा ल्याएर राखिने कार्यक्रम छ ।


Advertisment
Nabil box
Kumari

नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सहयोगमा हुने पूजाको पहिलो दिन लामा गुरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त शान्तिदीप हस्तान्तरण गर्ने र दीपसहितको र्‍याली पोखराको मुख्य पर्यटकीय स्थल हल्लनचोकबाट शुरू गरिनेछ ।

Vianet communication

नेपाल पर्वतारोहण सङ्घका महासचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक कुलबहादुर गुरुङका अनुसार शान्तिदीपसहितको ¥याली फेवाताल किनारास्थित बाराहीघाट, रत्न मन्दिर, हिमागृह, अम्बोट, शहीदचोक, हुँदै पर्वतीय सङ्ग्रहालयमा पुगेर धार्मिकसभामा परिणत हुने कार्यक्रम रहेको छ । 

शान्ति पूजाअन्तर्गत माघ २१ गते बिहान शान्तिदीप र काङग्युर तथा तेन्ग्यूर परिक्रमा, दिउँसो लामाहरुबाट बज्रकिलाया मुकुट नृत्य कार्यक्रमको आयोजना हुने बताउँदै उहाँले सोही दिन सङ्ग्रहालयमा वाङ अभिषेकका साथै धार्मिक प्रवचन गरिने भएको छ । मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेसहित ६० बढी लामा गुरुबाट शान्तिको कामनासहित गरिने प्रवचनमा ५०० भन्दाबढी बुद्ध दर्शनसँग सम्बन्धित पुस्तक वाचन गरिने संयोजक गुरुङको भनाइ छ ।

बौद्ध दर्शनको माध्यमबाट विश्वमा स्थायी शान्ति कायम गर्दै समाज, राष्ट्र एवं विश्वमा धार्मिक सहिष्णुताको सन्देश पुर्‍याउने लक्ष्य राखिएको छ । पूजामा उपस्थित भक्तजनहरुलाई मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेद्वारा आशिर्वाद (वाङ) प्रदान गर्ने कार्यक्रम रहेको छ ।

देशमा नेपाल भ्रमणलाई सफल बनाउने गरी कार्यक्रम अघि बढेको अवस्थामा आयोजित विश्व शान्ति पूजा बहुउपयोगी बन्ने विश्वास लिइएको नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका अध्यक्ष कृष्ण काफ्लेले जानकारी दिनुभयो । पूजामा पोखरेली सबैले अपनत्व लिई महसुस हुने गरी सहयोग गर्ने अपेक्षा गर्दै उहाँले यस्ता गतिविधिले समाजमा भ्रातृत्व, सदाचार र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

पर्यटकीय नगरी पोखराबाट विश्वव्यापी शान्तिको सन्देश प्रवाह गर्नेसमेत लक्ष्य राखिएको विश्व शान्ति पूजाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले घोषणा गरेको लुम्बिनी विश्व शान्ति निग्राम कार्यान्वयन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको पूजा संयोजक हरिध्वज तुलाचनले बताए। उनका अनुसार यस पूजाले नेपालमा स्थापित धार्मिक सहिष्णुताको सन्देश दिनुका साथै धार्मिक पर्यटनलाई नेपालको पर्यटन गतिविधिका रूपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

पूजा सम्पन्न गर्न १४४ सदस्यीय सल्लाहकार समितिसहित आर्थिक समिति, पूजा व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि निमन्त्रणा तथा सत्कार उपसमिति, गुरु तथा अन्य लामाहरूलाई निमन्त्रणा तथा सत्कार उपसमिति र स्वयंसेवक, सुरक्षा तथा सुरक्षागार्ड उपसमिति गठन गरिएको छ ।

विभिन्न देशका राजदूत, वातावरणविज्ञ, हिमाल आरोहीलगायत सर्वसाधारणको सहभागिता रहने सो कार्यक्रम सम्पन्न गर्न कूल रु ६७ लाख खर्च हुने नेपाल पर्वतारोहण सङ्घका कोषाध्यक्ष तथा आर्थिक समितिका संयोजक सुदर्शन न्यौपानेले जानकारी दिए ।

विभिन्न हिमालहरूको आरोहण एवं पदयात्राका क्रममा पर्यटक हराइरहेका वर्तमान अवस्थामा गर्न लागिएको विश्व शान्ति पूजालाई अत्यन्त महत्वका साथ हेरिएको छ । पोखरामा हुन लागेको विश्व शान्ति पूजालाई पोखरा पर्यटन परिषद्, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घ, होटल एसोसिएशन अफ नेपाल (हान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घलगायतका विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाले सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमका अनुसार विश्व शान्ति पूजामा आर्थिक सङ्कलन, मेडिकल र भक्तजनलगायतका स्टल रहने बताउँदै एउटै छानामुनि हिमाल र हिमालीको गतिविधिका बारेमा अध्ययन अवलोकन गर्न सकिने सङ्ग्रहालयमा धार्मिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने विश्वास लिइएको छ ।

यसअघि अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पहिलो विश्व शान्ति पूजा २०५९ साल फागुन १३ देखि १५ सम्म र दोस्रो २०७२ साल माघ १९ देखि २१ सम्म सम्पन्न भएको उनले जानकारी दिए। हरि बास्तोला,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x