कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
माघ १५, २०७६
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व अन्त्यका लागि द्विराष्ट्रिय समाधानको योजना प्रस्तुत गरेका छन् ।
उनले मिडल ईस्ट पीस प्लानका रूपमा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानी बनाउने प्रस्ताव राखेका छन् । प्यालेस्टाइनले त्यसलाई पूरै अस्वीकार गरेको छ ।
ट्रम्पले यस योजनालाई ऐतिहासिक बताए अनि यस विवादको यही नै आखिरी समाधान भएको संकेत दिए ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ह्वाइट हाउसमा ट्रम्पले कुराकानी गरेपछि द्विराष्ट्रिय समाधानको योजना सार्वजनिक गरेका हुन् । यसले शान्ति ल्याउने र कुनै पनि इजरायली र प्यालेस्टाइनीले घर छोड्नु नपर्ने ट्रम्पको कथन छ । चार वर्षसम्म इजरायलमा सेटलमेन्ट रोक्ने र प्यालेस्टाइनको क्षेत्र दुईगुणा बढाउने ट्रम्पको प्रस्ताव छ ।
प्यालेस्टाइनका लागि ट्रम्पले पूर्वी जेरुसेलमलाई राजधानी बनाउने प्रस्ताव राखे र त्यहाँ अमेरिकी दूतावास स्थापना गर्ने बताए । उनले प्यालेस्टाइनलाई यो सम्झौता स्वीकार गरेर क्षेत्रमा शान्ति स्थापना गर्न अपील गरे । यो ऐतिहासिक र शताब्दीकै सबभन्दा ठूलो सम्झौता भएको दाबी गर्दै ट्रम्पले यसका लागि संसारभरिका मानिसको समर्थन रहेको बताए । प्यालेस्टाइनलाई स्वतन्त्र राज्य बन्ने ऐतिहासिक अवसर यसले दिएको ट्रम्पले बताए ।
इजरायलका प्रधानमन्त्री नेतान्याहूले ट्रम्पको योजना इजरायलका लागि ऐतिहासिक दिन भएको बताए । अन्य सबै योजना विफल भइसकेकाले यो सन्तुलित योजनालाई अंगीकार गर्नुपर्ने उनको भनाइ छ । यसै आधारमा प्यालेस्टाइनसँग शान्ति सम्झौता गर्न आफू तयार रहेको उनले बताए ।
यस चर्चामा कुनै पनि प्यालेस्टाइनी अधिकारी उपलब्ध थिएन । ओमान, संयुक्त अरब अमिरात र बहराइनका राजदूत चाहिँ ह्वाइट हाउसमा थिए ।
प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले ट्रम्पको यस योजनालाई पूरै अस्वीकार गर्दै आफूहरू नझुक्ने अनि शान्तिपूर्ण तरिकाले इजरायलको विरोध गरिरहने बताए ।
ट्रम्पले इजरायलसँग मिलेर अमेरिकाले जोइन्ट कमिटी बनाउने र एक विस्तृत नक्सा तयार पार्ने अनि यस योजनालाई सकेसम्म छिटो कार्यान्वयन गर्ने बताए ।
ह्वाइट हाउसले एक बयान जारी गर्दै राजनीतिक गतिरोध अन्त्य गर्न, शान्ति स्थापना गर्न र आर्थिक विकासलाई साकार पार्नका लागि ठूलो कदम इजरायल र प्यालेस्टाइनका नेताहरूले उठाउनुपर्ने बताए ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...