×

NMB BANK
NIC ASIA

चार शहीदको पूर्ण कदको शालिक काठमाडौं महानगरद्वारा निर्माण

माघ १५, २०७६

NTC
Premier Steels

शहीद सप्ताह चलिरहँदा काठमाडौँ महानगरपालिकाले चार शहीदको पूर्ण कदको शालिक प्रतिस्थापन गरेको छ ।

Muktinath Bank

यसअघि वडा नं ७ सिफलमा शहीद धर्मभक्त माथे र गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहीद सप्ताहको तेस्रो दिन आज शहीद  गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण गरिएको छ । विसं १९९७ मा प्रजातन्त्रका लागि शहादत प्राप्त गर्ने चारै शहीदको पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको हो ।


Advertisment
Nabil box
Kumari

महेश तुलाधरले निर्माण गर्नुभएको शालिक नगर प्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले अनावरण गर्दै व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि शहादत प्राप्त गर्ने शहीदलाई चीरकालसम्म सम्झना गरिरहन पूर्ण कदको शालिक निर्माण गरिएको बताए ।

Vianet communication

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने औंल्याए । 

हुकुमी शासनका विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते  चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा गोली हानेर मृत्युदण्ड दिइएको थियो ।

विसं १९६० असार १७ गते बैतडीमा जन्मिएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए ।

त्यस्तै विसं १९७५ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणाशासन विरोधी आन्दोलनमा लागेका थिए ।

राणा शासनविरुद्ध लागेको भन्दै  शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मारिएको थियो । शास्त्री विसं १९५० बनारसमा जन्मिएका थिए ।

विसं १९६६ असोज १ गते काठमाडौँको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन राणाशासनका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनाको रूखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

यही माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलिसभा गरिनेछ । महानगरपालिकाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x