×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

माघ १५, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

यही माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

Muktinath Bank

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधवार शीतल निवास पुगेर राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिमको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारको मिति २०७६ साल मंसिर २३ गतेको निर्णय अनुसार मिति २०७६ साल माघ ९ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । 


Advertisment
Nabil box
Kumari

उक्त निर्वाचनमा मिति २०७६ साल फागुन २० गतेबाट रिक्त हुन गइरहेको १९ जना राष्ट्रिय सभा सदस्यहरू मध्ये १८ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएकोमा यस निर्वाचनमा सात प्रदेशबाट महिला समूहतर्पm सातजना, दलित समूहतर्फ दुईजना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्पm दुईजना र अन्य समूहतर्पm सातजना निर्वाचित भएका छन् । 

Vianet communication

आयोगद्वारा राष्ट्रपतिसमक्ष पेश गरिएको निर्वाचन परिणाम प्रतिवेदनमा मूलतः राष्ट्रिय सभा गठन सम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचनको सन्दर्भमा राजनीतिक दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन कार्यक्रम, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचार संहिता, निर्वाचन अनुगमन र अवलोकन तथा मतदान, मतगणना र परिणाम घोषणाका विषयलाई उल्लेख गरिएको छ । 

उक्त अवसरमा राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ को परिणाम प्रतिवेदन ग्रहण गर्दै निर्वाचन आयोगले संवैधानिक र कानूनी व्यवस्था बमोजिम राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगका पदाधिकारी एवं राष्ट्रसेवक कर्मचारी लगायत निर्वाचन सम्पन्न गर्न संलग्न सबै निकाय, संस्था एवं व्यक्तिहरूलाई राष्ट्रपति भण्डारीले धन्यवाद दिइन् ।

प्रत्येक दुई वर्षमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनले निर्वाचन सञ्चालनका सम्बन्धमा परिपक्वता ल्याउने र नियमितरूपले सिक्ने अवसर प्राप्त भएको समेत उनले बताइन् ।

भविष्यमा सम्पन्न हुने निर्वाचनहरूलाई अझै सहभागितामूलक, शान्तिपूर्ण र व्यवस्थित तवरले सम्पन्न गर्न निर्वाचन सुधारका क्षेत्रमा थप कार्य गर्न पनि राष्ट्रपति भण्डारीले निर्देशन दिइन् ।

सो अवसरमा आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ सम्पूर्ण सरोकारवालाहरूको सौहार्दपूर्ण एवं उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण तबरले सम्पन्न भएको जानकारी गरए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x