×

NIC ASIA

फास्ट ट्र्याक र अन्तर्राष्ट्रिय विमानस्थलले ल्याउँदैछ मध्य तराईमा चहलपहल

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
इटहरी, ६ पुस–गएको शुक्रवार र शनिवार बारा र वीरगंजको यात्रामा निस्कँदा सबैतिर काठमाडौं–निजगढ फास्ट ट्रयाक र निजगढ विमानस्थलकै चर्चा थियो ।

वीरगञ्जको घण्टाघर परिसरमा टाँगा चलाउनेदेखि मध्य वीरगञ्ज बजारको घडिअर्वा ताल किनारमा भेटिएका सबैले वीरगञ्जको विकासको कुरा गर्दा निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गरे । काठमाडौं निजगढ फास्ट ट्रयाकको कुरा गरे ।

पथलैयादेखि वीरगञ्जको छ लेनका सडकबारेमा पनि कुरा गरे । सबैभन्दा बढी निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडाैं–निजगढ फास्ट ट्रयाकको नै चर्चा गरे । वीरगञ्ज यात्राकै क्रममा स्थानीय प्रतीक दैनिकमा शुक्रवारै आएको एउटा मूल आलेखमा पनि फास्ट ट्रयाककै कुरा थियो । शीतल कुमार महतोले लेखेको उक्त आलेखको सार थियो – ‘फास्ट ट्रयाकले तराई–मधेस र पहाडको अन्तःसम्बन्धलाई थप उचाइमा पु—याउँछ ।’

फास्ट ट्रयाकले देशको आर्थिक राजधानी र प्रशाशकीय राजधानी जोड्छ

वीरगञ्जबाट सिमरातर्फ आउँदा आफ्नै चार तारे होटल इच्छामा भेटिएका सञ्चालक इच्छा बहादुर वाग्ले त अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकले वीरगञ्ज र बाराको कायापलट गर्ने बताउँदै थिए । ‘एकातर्फ रामदेवको पतंजलीले दश अर्बभन्दा बढी लगानी गर्नु, अर्कोतर्फ सिमरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु र वीरगञ्जबाट दुई घण्टामै राजधानी जाने द्रुतमार्ग बन्नु भनेको वीरगञ्ज–बाराको व्यापक विकासको ढोका खोल्नु हो’, होटल परिसरमा चिया गफ गर्दै वाग्लेले भने, ‘फास्ट ट्रयाकले देशको प्रशासनिक राजधानी काठमाडाैं र आर्थिक राजधानी वीरजंग जोड्छ । नेपालको मुख्य सीमा नाका रक्सौल पनि काठमाडौंबाट एकदमै नजिक पर्छ ।’
फास्ट ट्रयाक र विमानस्थल बनेपछि पर्सा वन्यजन्तु आरक्ष, गढीमाई मन्दिर र चुरिया क्षेत्रमा भ्रमण गर्नेहरू पनि व्यापक बढेर स्थानीयको आम्दानी बढ्ने वाग्लेको विश्लेषण थियो । तराईको पर्यटन भन्नासाथै चितवन र लुम्बिनी भनेर चिनिने नेपालको परम्परागत सोचमा नयाँ बन्ने पूर्वाधारले परिवर्तन गर्ने वाग्लेको तर्क छ । वाग्लेसँगै पर्यटन संवाद गर्न पुगेका पूर्वका पर्यटन व्यवसायी राधेश्याम पौडेलले द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलले मध्य तराई मात्रै हैन, समग्र देशको आर्थिक र पर्यटकीय विकासमा टेवा पु—याउने तर्क गरे ।

‘अब कतारबाट काम गरेर फर्केका पूर्वी नेपालका आप्रवासी कामदारहरू वा थाइल्यान्डबाट पूर्वको तमोरमा —याफ्टिङ गर्न आउने वा कोशी टप्पुमा चरा हेर्न आउने पर्यटकहरू सिधै सिमरा ओर्लेर पूर्व आउन सहज हुन्छ’, पौडेलले भने, ‘सीमावर्ती भारतीय बजारका बासिन्दालाई पनि यो विमानस्थल कामकाजी हुनसक्छ त्यसैले यस्ता परियोजनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बुझेर तत्काल काम शुरु हुनु पर्छ । जत्ति ढिलो भयो, उत्ति आर्थिक घाटा राज्यलाई नै हुन्छ ।’

थाइल्यान्डको होटल छोडेर फास्ट ट्रयाक होटल सञ्चालन

वाग्ले र पौडेल जस्तै फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछिका फाइदाहरूबारे उत्साहित देखिए निजगढ नगरपालिकाका स्थानीयहरू । द्रुतमार्ग र पूर्व—पश्चिम राजमार्गको मिलनविन्दुमा जंगल क्षेत्र रहेकाले त्यहीँ ठ्याक्कै बजार बन्न त सम्भव भएन । तर आसपासका बजार विस्तार हुने क्रम भने जारी देखिन्छ । व्यवसायीहरू द्रुतमार्ग र विमानस्थलबारे निक्कै उत्साहित छन् । काठमाडौंबाट आएको द्रुतमार्ग सकिने स्थल निजगढ नगरपालिका—८ मा विमानस्थल र फास्ट ट्रयाकलक्षित होटल तथा जंगल सफारी जस्ता पर्यटन व्यवसाय समेत सुचारु भएका छन् ।

पाँच महिनाअघि मात्रै थाइल्यान्डमा रहेको आफ्नो होटल व्यवसाय छोडेर नेपाल आएका जोजो रुम्बा लामाले त फास्ट ट्रयाक रेस्टुरेन्ट एन्ड बार नै शुरु गरेका छन् । वीरगंज र काठमाडौं छुट्ने पथलैया बजार आउनुअघिको स्टेसन निजगढ बजार आजकाल व्यस्त बन्दैछ । पूर्व राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव युवराज लामाले पनि निजगढमै हालसालै नयाँ होटल खोलेका छन् । एयरपोर्ट होटल एन्ड जंगल सफारी नाम राखिएको होटलले यो हप्ताबाटै पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा जंगल सफारी तथा एलिफेन्ट राइड सञ्चालनमा ल्याएको छ ।

‘यहाँ खुलेका सबै होटल तथा लजहरू विमानस्थल र फास्ट ट्रयाक लक्षित छन्,’ सँगै जोडिएको युवराज लामाको लजमा होटल आइटम निर्यात गर्ने बताएका रुम्बाले भने, ‘मेरै कुरा गर्दा पनि मैले थाइल्यान्ड छोडेर यहाँ होटल खोल्नुको अर्थ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक हेरेरै हो ।’

‘फास्ट ट्रयाक र विमानस्थल बनेपछि आधा जीवन बढी बाँच्छौं’

मध्य तराईका बारा र पर्साको वीरजंगका स्थानीयहरू फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा धेरै सचेत र गम्भीर छन । यहि मंसिर १५ देखि १८ सम्म ६१ जना स्थानीयको टोली पैदलमार्गबाट फास्ट ट्रयाक र विमानस्थल तत्काल निर्माणका लागि राजधानीसम्मको यात्रा गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा लगायतका शीर्ष दलका नेताहरू भेटेका स्थानीयहरूको दैनिकीमा प्रत्यक्ष सरोकार राख्ने भएरै यस्तो भएको हो । निजगढ नगरपालिका—८ को बजारमा भेटिएका उत्सव लामा त जग्गाको भाउ आकासिएको बताउँदैथिए ।

सडक किनारमा एक करोड प्रतिकट्ठा नपर्ने जग्गाको दाम हाल साढे दुई करोडको कबुल हुन थालेको छ । बजारको भित्री क्षेत्रमा पनि जग्गा प्रतिधुरको दुई लाखको दाम बनेको छ । फास्ट ट्रयाक होटलका सञ्चालक जोजो रुम्बा त जग्गाको दाम अचाक्ली बढेकोले स्थानीयहरू जग्गा बेच्नेभन्दा बैंकमा जग्गा राखेर लिएको ऋणले व्यापार व्यवसायमा लाग्न थालेको अनुभव बताउँछन् ।

रुम्बा त जग्गाको दाम बढ्ने, व्यापार र चहलपहल बढ्ने भन्दा अरू पनि थुप्रै कुरा सहज हुने देख्छन् विमानस्थल र फास्ट ट्रयाक बनेपछि । आफ्ना छोराछोरी काठमाडौं स्वयम्भूको निजी स्कूलमा होस्टेलमा बस्ने बताएका रुम्बाले फास्ट ट्रयाक बनेपछि हरेक हप्ता आफ्ना सन्तानसँग भेट हुने बताउँछन् ।

‘अहिले बाइकमा राजधानी पुग्न पाँच घण्टा लाग्छ र जाँदा आउँदा दई दिन बित्छ’, रुम्बा भन्छन्, ‘तर ७६ किलोमिटरको फास्ट ट्रयाकले त डेढ घण्टामै पु—याउँछ ।’ अहिले राजधानीको सानो काममा जान आउन दुई दिन लाग्ने तर फास्ट ट्रयाकले एकै दिनमा चारपटकसम्म ओहोरदोहोर गर्न सकिने बताउँदै रुम्बा भन्छन्, ‘हामी फास्ट ट्रयाक र विमानस्थल बनेपछि आधा जीवन बढी बाँच्छौं । काठमाडौंमा जागिर गर्न निजगढबाटै धाउन सक्छौं ।’

शायद रुम्बाको र बारा तथा वीरगंजबाहिरका मानिसको यस्तै सपना भएर होला, निजगढबाट फास्ट ट्रयाक शुरु हुने ट्रयाक खोलिएको विन्दुमै विभिन्न प्लेकार्डहरु माटोमा उभ्याएर राखिएका छन् । तिनमा लेखिएको छ :
तराई मधेशको समृद्धिको लागि फास्ट ट्रयाक विमानस्थल निर्माण गर !
हाम्रा प्रतिबद्धता विकासका निम्ति एकता !!

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x