सपनामा यस्तो देख्नु हुन्छ ? संकेत यी हुन सक्छन्

गहिरो निन्द्रामा भएको बेलामा तपाई जुन सपना देख्नुहुन्छ त्यस्ता सपनाले तपाईको भविष्यका शुभ र अशुका लक्षणको संकेत गर्छ ।
अवचेतन मस्तिस्कमा आएका दृश्यहरुले तपाईको वास्तविक जीवनमा पनि असर पर्न सक्छ । यस्ता केही सपनाले तपाईलाई धनी वनाउने मार्गमा लान लागिरहेको हुन्छ तर तपाईंलाई थाहा नहुन सक्छ ।

थाहा पाउनुस् यस्ता सपनाका केही शुभ संकेतका बारेरमा जसलाई देख्दा तपाईमाथि लक्ष्मीको कृपा हुनेवाला छ ।

सपनामा हरियाली देख्नु

यदी तपाई हरेक रातको सपनामा हरियाली युक्त बगैचा, हरिया रुख विरुवा देख्नु हुन्छ भने तपाईंलाई चाढै नै धेरै धनलाभ हुने संकेत गर्दछ । यसका साथै सपनामा लक्ष्मीको बाहन उल्लूलाई देख्नु भयो भने तपाईलाई चाँढै धन प्राप्ति हुने वाला छ ।

शंखको आवाज
सपनामा तपाई शंख तथा मन्दिरको घण्टको आवाज सुन्नु हुन्छ भने तपाईलाई चाँढै धनको वर्षा हुने संकत गर्दछ ।

रातो साडी लगाएकी महिला

यदी तपाई कुनै काममा जाँदै हुनुहुन्छ र बाटोमा रातो साडी लगाएकी, श्रंगार गरेकी कुनै स्त्री देख्नुुहुन्छ भने तपाईको अगाडि उनी महालक्ष्मीको रुप लिएर आएकी हुन्छिन् । जसको अर्थ तपाईको धन प्राप्तिको योग छ ।

फूल देख्नु

विहान उठ्ने वित्तिकै फूल देख्नु शुभ मानिन्छ । यसका साथै फूलको माला पनि शुभ संकतको रुपमा लिने गरिएको छ । जसलाई तपाईले सपनामा देख्दा समेत धनको योग चाढै मिल्ने छ ।

कन्यालाई पैसा दिनु

हिन्दू शास्त्रमा शुक्रबारको दिन महालक्ष्मीको दिन मानिन्छ । यदी तपाईले यस दिन कन्यालाई सिक्का दिनुभयो भने तपाईंको लागि यो लक्कि दिन हुनेछ । यस सिक्काले तपाईंको धन प्राप्तिलाई सहयोग पु-याउँछ ।

गाईलाई देख्नु

यदी तपाई घरबाट बाहिर निस्कन लागेको बेलामा सेतो रंगको गाई देख्नु भयो भने शुभ संकत हो । कालो गाइ देख्नुभयो भने खास लाभ हुने छैन ।

सेतो रंगको सर्प

यदी तपाईले सपनामा सेता या सुनौलो रंगको सर्प देख्नुभयो भने तपाईको घरमा लक्ष्मीको कृष हुन संकेतको, तपाईलाई चाढैंनै ठूलो हात पर्न सक्छ ।

हात्ती देख्नु

सपनामा यदी तपाई हात्ती घोडा, गहू देख्नुहुन्छ भने तपाईको धनलाभको समय आएको प्रतित हुन्छ । बैशाख १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस