×

NMB BANK
NIC ASIA

अञ्चल अस्पतालको ‘इमरजेन्सी’ कक्ष आफैं बिरामी, सेटिङमा बिरामी ‘रेफर’ [लोकान्तर खोज–३]

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, १० साउन — सरोकारवाला निकायको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालको आकस्मिक उपचार कक्ष बिरामी परेको छ । अस्पताल विकास समितिको लापरवाही र सरकारको उदाशीनताका कारण विपन्नहरुले उपचारको विकल्प रहेको अञ्चल अस्पतालको आकस्मिक अक्ष दयनिय बनेको हो ।

Muktinath Bank

‘कुनैपनि अस्पतालको मुटु भनेको आकस्मीक कक्ष हो,’ जनकपुर अञ्चल अस्पतालको काकस्मीक कक्षका एक कर्मचारी भन्छन्, ‘तर हाम्रो मुटु चाहिँ नाम मात्रैको छ । इमरजेन्सीमा आउने अधिकांश कर्मचारीलाई बाहिर रेफर गरिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक अस्पतालको आकस्मीक कक्षलाई सम्पूर्ण सुविधा सम्पन्न बनाइएको छ । आकस्मीक कक्षमा उपचार गरेपछि विरामीलाई अस्पतालको वार्डमा सारिन्छ । कोही निको भएर घर फर्कन्छन् । कोही त्यहाँबाट अर्कै अस्पतालमा रेफर गरिन्छन् ।


Advertisment
Nabil box
Kumari

तर दुर्भाग्य, जनकपुर अञ्चल अस्पतालको आकस्मीक कक्षले चाहिँ विरामी आउने वित्तिकै अन्यत्रै रेफर गर्छ । आकस्मीक कक्षमा आउने विरामीलाई प्राथमिक उपचार गरेर बाहिरै रेफर गरिन्छ ।

Vianet communication

सामान्य अवस्थाका विरामी बाहेक अरूलाई तत्कालै अन्यत्र रेफर  गरिन्छ । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको संख्या पनि कम छ । ‘भएका डाक्टरहरुपनि निजी क्लिनिक र नर्सिङ होममा व्यस्त छन्,’ ती कर्मचारीले भने, ‘भर्ना भएका विरामीलाई घन्टौ स्लाइन पानीको भरमा राखिन्छ । डाक्टर कति बेला आउँछन् थाहै हुँदैन ।’

यस्तो अवस्थामा विरामीको मृत्यु भएमा आक्रोशित आफन्तहरूले चकित्सकलाई हातै हाल्न समेत बेर लगाउँदैनन् । अञ्चल अस्पतालका कर्मचारीहरूका अनुसार यहाँ भर्ना हुन आउने विरामी आफैंले चाँडो रेफर चाहान्छन् । किनकी सबैले अस्पताल प्रतिको भरोसा गुमाइसकेका छन् ।

 ‘अञ्चल अस्पतालको इमरेजेन्सी वार्ड आफैंमा ‘इमरजेन्सी’ अवस्थामा छ,’ उनले भने, ‘राखिएका २० वटा शैयामा तन्ना सम्म पनि राखिएको छैन ।’ कर्मचारी र चिकित्सकलाई बस्नधरी कुर्सी समेत आकस्मीक कक्षमा छैनन् । डाक्टरको संख्या पनि कम छ ।

विरामी जाँच्ने उपकरण स्टेथोस्कोप (आलां) र विपी जाँच्ने मेसिन बाहेक इमरजेन्सी कक्षमा अन्य सामग्रीहरु उपलब्ध छैनन् । ती उपकरणहरु पनि धेरैजसो विग्रिएकै अवस्थामा हुनछन् । अस्पतालमा किनेर ल्याइने नयाँ सामा पनि गुणस्तरहीन हुने हुँदा धेरै नखप्ने कर्मचारीहरु बताउँछन् ।

अस्पतालमा भर्ना हुन आउने विरामीका आफन्तहरुलाई विचौलियाहरूले बाहिरै रेफर गर्न सुझाउँछन् पनि । बाहिर पट्टीका औषधि पसले, एम्बुलेन्स चालक र अस्पतालमा खटिएका स्वयमसेवहरूले आफन्तलाई डर देखाएर विरामीलाई अन्यत्रै रेफर गर्न लगाउँछन् ।

जनकपुर अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष कामेश्वर झा भन्छन, ‘अस्पतालका कर्मचारीले कमिसनको लागि विरामी रेफर गर्न दलाली गरेका प्रमाण विगतमा पनि फेला परेका थिए, अझै पनि रोकिएको छैन ।’

जनकपुर अञ्चल अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो ४ बर्षमा कुल एक लाख एक हजार २ सय ४१ जना विरामीहरु आकस्मीक कक्षमा भर्ना भएका छन् ।

ती मध्ये ६ हजार ९ सय ९ जना विरामी अन्तैबाट रेफर भएर यहाँ आएका हुन् । अञ्चल अस्पतालको आकस्मीक कक्षमा आउने अधिकांशलाई बाहिरै रेफर गर्ने गरिएको छ ।

आइसियू संचालनमा नभएका कारण बाहिर रेफर

जनकपुर अञ्चल अस्पतालमा पछिल्लो ४ बर्षमा ४ सय ७५ जना विरामीहरुको उपचारको क्रममा मृत्यु भयो । पछिल्लो ४ बर्षमा १ हजार ३ सय ५६ जना विरामीहरुलाई बाहिरको अस्पतालमा रेफर गरिएको छ ।

अस्पतालमा आईसियू सेवा संचालनमा नआउनाले बाहिर रेफर गर्नेहरूको संख्या बढेको हो । आर्थिक बर्ष २०७२/०७३ को महालेखा परिक्षकको प्रतिवेदनमा भनिएको छ ‘आईसियू सेवा संचालनका लागि २० लाख ८५ हजार खर्च लगेता पनि आईसियू सेवा संचालन गरेको देखिएन । आईसियू सेवा संचालन गरी ती उपकरण प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन भईनसकेकाले संचालन हुन नसकेको पाइयो ।’

अस्पतालमा आईसियू संचालनका लागि करिब ३ बर्ष अघि नै भेन्टिलेटर सहित महँगा उपकरणहरु खरिद गरेर ल्याईयो । केही चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विकास समितिको तर्फबाट करारमा नियूक्ति पनि गरियो ।

चार जना मेडिकल अधिकृतहरुलाई करारमा नियूक्त गरेपनि आइसियु भने सञ्चालन गरिएको छैन । करारमा भर्ना भएका मेडिकल अधिकृतहरु मध्ये कोही थप अध्ययनका लागि त कोही लोक सेवा आयोग मार्फत अन्य ठाउँमा पदस्थापन भए ।

अहिले ती दरबन्दी खाली रहेका कारण आईसियू सेवा संचालनमा आउन सकेको छैन । अञ्चल अस्पतालका पुर्व मेसु डा. गौराङ्ग मिश्रले विकास समितिको तर्फबाट आईसियू संचालन गर्नका लागि ५ जना मेडिकल अधिकृत, ९ जना स्टाफ नर्स, ४ जना पारामेडिक्स, ४ जना स्वीपर र १ जना कम्प्यूटर अप्रेटर गरी कुल २३ वटा कर्मचारीहरुको दरबन्दी मध्ये ५ जना मेडिकल अधिकृत र ९ जना स्टाफ नर्सका लागि आवेदन फारम भर्न लगाई अन्तरवार्ता समेत लिईसकेका छन् ।

११ पुष २०७३ मा स्वास्थ्य मन्त्रालयको राज्य मन्त्री स्तरीय निर्णय गरि अस्पतालमा विकास समिति अध्यक्ष मनोनयन नभएसम्म भर्ना नगर्नु भनेर निर्णय गरेपछि ती चिकित्सकहरुको नियूक्ति गर्न सकिएको थिएन ।

तर, अहिले जनकपुर अञ्चल अस्पतालमा अस्पतालका पुर्व मेसु डा. बलराम मिश्र विकास समितिको अध्यक्षका रुपमा मनोनयन भईसकेका छन् । अस्पतालका प्रमुख मेसु डा. रामपरिक्षण यादव भन्छन, ‘विगतमा आह्वान गरिएको नियूक्ति प्रक्रिया गैरकानुनी थियो । अब आगामी  ३ महिना भित्र नयाँ प्रक्रिया अपनाएर आईसियूका लागि आवश्यक दरबन्दीको पदपुर्ती गरी आईसियू सेवा संचालनमा ल्याईने छ ।’

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x