×

NMB BANK
NIC ASIA

एमाले-माओवादी एकताः प्रचण्डमाथि चिनियाँ दबाब !

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १८ असोज– नेपाली राजनीतिमा असोज १६ गते सोमबार एकाएक नयाँ तरंग सृजना भयो । जसले आम नेपालीसँगै नेपाली राजनीतिमा चासो राख्ने सबैको ध्यान केन्द्रित भयो । लामो समयदेखि आ–आफ्नै राजनीतिक र सैद्धान्तिक पहिचान भएको नेकपा एमाले र बर्गीय समानताका लागि लामो जनआन्दोलनको नेतृत्वको गरेको नेकपा माओवादीको मूल पार्टी माओवादी केन्द्रबीच एक्कासी पार्टी एकिकरणको हल्लाले नेपाली राजनीतिक बृत्त एकाएक गर्मायो ।

पत्याउने आधार छैन
एमालेले अपराध र आतंकको संज्ञा दिदै आएको माओवादी जनयुद्ध र माओवादीले संसोधनवादी दक्षिणपन्थी धारोन्मुखको आरोप लगाउँदै आएका एमाले जनले अहिलेसम्मको आ–आफ्नो वैचारिक धरातलमा सहजै सम्झौता गर्लान भनेर विश्वास गर्ने वातावरण दुवै पार्टीका कार्यकर्ताहरुमा भने देखिएकै छैन ।

एउटा कुरा चाहिँ अवश्य के हुनसक्छ भने, पछिल्लो समय चतुर खेलाडीका रुपमा देखिएका कमरेड प्रचण्डले कुनै नयाँ रणनीति अख्तियार गर्ने खुट्किलोको रुपमा एकताको चर्चालाई उपयोग गर्न सक्छन् । त्यस्तै नाकाबन्दीबाट ह्वात्तै आफ्नो उचाइ बढाएका ओली कमरेड पनि विरक्त भएर बसेका माओवादी कार्यकर्तालाई एमालेप्रति आकर्षित गर्न सफल हुन सक्दछन् । जसले दुवै पार्टीलाई केही न केही लाभ हुन पनि सक्दछ । तर जन्मकालदेखि एकअर्कालाई वर्ग दुश्मनको व्यवहार गर्दै आएका यी वामपन्थी पार्टीबीच एकीकरणको कुरा भने जति सहज चाहिँ छैन ।

सिद्धान्तनिष्ठ छ र ?

अहिले दुबै दलका नेताहरुले कार्यकर्ताहरुको चर्को असन्तुष्टिकाबीच जसरी कुरा बाहिर ल्याए, के यो सद्धान्तनिष्ठ छ ? के यसमा कुनै पनि स्वार्थ छैन ? यदि यसो हो भने यसलाई बेठिक भन्न मिल्दैन । तर नेपालमा जुन राजनीतिक अभ्यास भइरहेको छ, त्यो हेर्दा यो एकदमै अप्राकृतिक, सत्ता केन्द्रित छ ।

यो अवस्था हेर्दा कहीँ पनि पत्याउने अवस्था भने छैन । हिजो एमालेसँग मिलेर सरकार बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक आफ्नै प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव राखे । त्यसपछि शेरबहादुर देउवासँगको शर्तबन्दीमा प्रधानमन्त्री भएका उनले पदबाट निस्किएपछि एकाएक धोका दिए । प्रचण्डको व्यक्तिवादी चायुर्यता, यो स्वार्थी र सत्ता केन्द्रित प्रबृत्ति हो । त्यसकारण यसै होला भन्ने अनुमान पनि गर्न सकिँदैन ।

प्रचण्डमाथि चिनियाँ दबाब !

नेता तथा कार्यकर्तास्तरमा देखिएको असन्तुष्टि र बिरोधले पनि माओवादी भित्र यो विषयमा यसअघि कुनै पनि किसिमको छलफल नै नभएको बुझिन्छ । एमालेको पनि कार्यकर्तास्तरमा चर्को बिरोध छ । यी सबै कुरा सामाजिकसञ्जालमा छताछुल्ल पोखिएका छन् ।

अहिलेको अवस्था हेर्दा कुनै ठूलो शक्तिको दबाब बाहेक यो एकताको आधार केही छैन । त्यो शक्ति अनुमानित चीन नै हो । यो दबाबमा माओवादी अध्यक्ष प्रचण्ड नै परेका छन् । माओवादीकै केही प्रमुख नेताहरु यो कुराको पूर्ण बिरोधमा देखिए । नेकपा एमाले चीनसँग नजिक देखिएका बेला अन्य सबै शक्ति भारतँग नजिक भए । जसका कारण एमालेले माओवादीलाई आफ्नो हातमा लिएको हुनसक्छ । तर प्रचण्ड बिलीन हुने संकेत हो यो ।

जसरी नेपाली राजनीतिका चतुर पात्र मानिने कमल थापा अहिले कमजोर भए त्यसैगरी प्रचण्ड पनि बढी चतुर भएका कारण बिलीनताको बटोमा मात्रै हिँडेका हुन् । यो एकता भयो भने पनि उनलाई केही खास फाइदा हुँदैन । खास महत्वपूर्ण कुरा के हो भने एकता गर्ने एकाएकको यो हल्ला अपारदर्शी छ, त्यसैले पनि यो भित्र कुनै ठूलो रहष्य रहेको अनुमान गर्न सकिन्छ । केही एकता भइहाले पनि दीगो होला भन्ने अनुमान पनि गर्न सकिन्न ।

लोकान्तरकर्मी मनीषा अवस्थीले केसीसँग गरेको कुराकानीमा आधारित

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x