×

NMB BANK
NIC ASIA

वामपन्थी तालमेलले बाबुरामलाई फाइदा, क–कसलाई भयो घाटा ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं १८ असोज– बैकल्पिक राजनीतिक धार निर्माण गर्न भन्दै बामपन्थी राजनीति त्यागेर नयाँ शक्ति नामक राजनीतिक पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई फेरि वामपन्थी राजनीतिमा फर्किएका छन् ।

संविधान सभाबाट नयाँ संविधान जारी भएलगत्तै २०७२ असोजमा बाबुरामले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्तिको स्थापना गरेका थिए ।

माओवादी आफूसँगै आएका केही नेता माओवादीमै फर्किएपछि एक्लिएका बाबुरामलाई वामपन्थी गठबन्धनबाट राजनीतिक पुर्नजीवन प्राप्त भएको छ ।

गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका बाबुराम भट्टराइलाई पराजीत गर्न माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सोही क्षेत्रबाट उठाउने तयारी गरेको थियो । केही दिन पहिले मात्र माओवादीका शीर्ष नेताहरु गोर्खा पुगेर चुनावी तयारी गरेका थिए ।

नयाँ गठबन्धनपछि बाबुराम गोर्खा २ बाट चुनाव लड्ने पक्का भएको छ । तीन दलबीच भएको ६ बुँदे सहमतिका एक हस्ताक्षरकर्ता भएकोले गोरखा २ मा बाबुरामले छाडेमात्र नारायणकाजीले पाउनेछन् ।

गोरखा २ बाट बाबुराम उठ्ने पक्का जस्तै भएकोले नारायणकाजी गोरखा १ या अन्यत्रबाट चुनाव लड्ने छन् । बाबुराम दुई पटक नै गोर्खाबाट चुनाव जितेका थिए भने नारायणकाजी पहिलो संविधानसभामा मनोनितबाट सभासद बनेका थिए । दोस्रो संविधान सभामा भने मकवानपुरबाट चुनाव हारेका थिए ।

नयाँ गठबन्धन गरेसँगै बाबुरामको पार्टीले प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका १ सय ६५ मध्ये कम्तिमा पाँच सिट पाउने दावी गरेको छ । एमाले र माओवादीले भागवण्डा गरेको ६०÷४० को हिस्साबाट बाबुरामले ५ सिट पाउने छन् ।
नयाँ शक्तिले गोरखा, रसुवा, कपिलवस्तु, कैलाली र सप्तरीबाट उम्मेदवार उठाउने तयारी गरेको सो पार्टीका एक नेताले लोकान्तरलाई बताए । स्थानीय तहको चुनावमा नयाँ शक्तिले सप्तरी र रसुवामा एक÷एक एक गाउँपालिका अध्यक्ष जितेको थियो ।

नयाँ शक्तिले रसुवाबाट प्रेम तामाङलाई उठाउने तयारी गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x