×

NIC ASIA

विश्वकप क्रिकेट खेल्ने नेपाली टिम घोषणापछि आईसीसीले के लेख्यो ?

काठमाडाैं | बैशाख १९, २०८१

Prabhu Bank
NTC
Premier Steels

नेपालले आगामी महिना अमेरिका र क्यारेवियन मुलुकमा हुने टी–२० पुरुष विश्वकप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा गरेको छ ।

Muktinath Bank

यस अघि खेल्दै आएका अनुभवीसहितका फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई पनि समेट्दै नेपालले बुधवार १५ सदस्यीय टिम घोषणा गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले घोषणा गरेको टिमलाई आईसीसीले बलियो टिम भनेको छ ।


Advertisment
Nabil box
Kumari

नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेलगत्तै आइसीसीको वेबसाइटमा नेपाली टोली बलियो रहेको समाचार आएको छ । नेपालले ठूलो सरप्राइज नदिए पनि अनुभवी र युवा खेलाडीलाई अवसर दिएको उल्लेख गरेको छ । वेस्ट इण्डिज 'ए'सँग अभ्यास खेल खेलिरहेका खेलाडीलाई टिममा समावेश गरेको आईसीसीले उल्लेख गरेको छ । 

Vianet communication

आईसीसीले वेस्ट इण्डिज 'ए'विरुद्ध शतक हानेका, एसीसी प्रिमियर कपमा ६ छक्का प्रहार गरेका दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेखसहितको टोलीलाई बलियो मानेको छ । 

यू १९ विश्वकप खेलेका गुल्सन झा र प्रतिश जिसीसहितका युवा टोलीले टिममा स्थान बनाएको आईसीसीले जनाएको छ । 

२०१४ मा विश्वकप खेल्दाका सोमपाल कामी पनि विश्वकपमा स्थान बनाएका छन् । 

नेपाल रहेको विश्वकपको समूह 'डी'मा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । 

नेपालले पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्स, ११ जुनमा श्रीलंका, १४ जुनमा दक्षिण अफ्रिका र १६ जुनमा बंगलादेशसँग खेल्नेछ । 

विश्वकप आगामी १ देखि २९ जुनसम्म चल्नेछ ।

२०१४ को विश्वकपमा नेपाल समूह चरणमा अफगानिस्तान र हङकङलाई पराजित गरे पनि रनरेटमा पछि परेपछि नकआउट चरणमा पुग्नबाट बन्चित भएको थियो ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, आशिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x