
ओखलढुंगा, २३ मंसिर— ओखलढुंगामा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका एमाले उम्मेदवार यज्ञराज सुनुवार बिजयी भएका हुन् ।
सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर बिजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ सय २७ मत ल्याए ।
खतिवडा ५ हजार २ सय ५३ मतले पराजित भएका हुन् ।
यसैबीच ओखलढुंगाको प्रदेशसभा अन्तरगत क्षेत्र नं क १ तर्फपनि बाम गठबन्धनका तर्फबात एमाले उम्मेद्वार अम्बिरबाबु गुरुङ बिजयी भैसकेका छन् ।