३१ असार २०८३, बुधबार

कांग्रेस महामन्त्री शशांक कोइराला विजयी

मंसिर २४, २०७४
कांग्रेस महामन्त्री शशांक कोइराला विजयी

नवलपरासी, २५ मंसिर— कांग्रेस महामन्त्री शशांक कोइराला  नवलपरासी (नवलपुर) क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । 
कोइराला वाम गठबन्धनका माओवादी  उम्मेदवार भविश्वर पराजुलीलाई हराउँदै विजयी भएका हुन् । 
आइतबार अबेर सम्पन्न मतगणनाअनुसार कोइरालले ३७३७३ मत ल्याएका छन्  भने पराजुलीले ३२८४६ मत ल्याएका छन् । कोइराला र पराजुलीको मतान्तर ४५२७ रहेको छ । 
कोइरालाको जीतसँगै कांग्रेसको प्रतिनिधिसभा सदस्यमा जीतसंख्या १५ पुगेको छ । यद्यपी कांग्रेसका चर्चित नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, रामशरण महत, अर्जुन नरसिंह केसी, नविन्द्रराज जोशीलगायतका नेताहरु भने यो चुनावमा पराजित भइसकेको छ । 
यो निर्वाचनमा प्राप्त नतिजाले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्