×

NMB BANK
NIC ASIA

कैलालीमा सबै महिला उम्मेदवार पराजित

मंसिर २७, २०७४

NTC
Premier Steels

धनगढी, २७ मंसिर- देशभरीमा सम्भवतः सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिष्पर्धी रहेको कैलालीमा कुनैपनि महिला उम्मेदवार विजयी हुन सकेनन् । 

Muktinath Bank

प्रतितिधिसभामा छ र प्रदेशसभामा छ जना गरी कैलालीका विभिन्न निर्वाचन क्षेत्रबाट १२ जना महिला उम्मेदवार प्रतिष्पर्धामा रहेपनि कसैले जीत हासिल गर्न सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले चार हजार ८०० भन्दा बढी मतले आदिवासी रानाथारु समुदायका नेकपा एमालेका नेता नारदमुनि रानासँग पराजित हुनुप¥यो । 


Advertisment
Nabil box
Kumari

वाम गठबन्धन र नेपाली काँग्रेस दुबैले प्रतिनिधिसभा सदस्यमा महिला उम्मेदवार उठाएको कैलाली क्षेत्र नं १ मा दुवै उम्मेदवारलाई टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीले पराजित गरे । 

Vianet communication

दुई वर्षअघि भएको टीकापुर घटनाका आरोपित रेशमलालको जीतलाई अप्रत्यासित मानिएको छ । 

निर्वाचन क्षेत्र १ मा विजयी चौधरीले ३४ हजार ३४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मदनकुमारी शाहले १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गर्नुभयो । 

यसैगरी, विघटित लोकतान्त्रिक फोरम नेपालकी उपाध्यक्ष एवं शैक्षिक क्षेत्रमा चर्चामा रहनुभएकी गीता राणा क्षेत्रीले कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र प्रतिष्पर्धा गर्दा जमानत सम्म जोगाउन सक्नुभएन । 

प्रतिनिधिसभामा यी बाहेक क्षेत्र नं ३ मा राजपा नेपालकी मीना चौधरी र क्षेत्र नं ५ बाट नेमकिपाकी उम्मेदवार नन्दाकुमारी दर्लामी मगरले नगण्य मत मात्रै पाउनुभयो । 

प्रतिनिधिसभामा मात्र होइन प्रदेशसभामा पनि कुनै पनि महिलाले निर्वाचन जित्न सक्नुभएन । 

क्षेत्र नं ३ को प्रदेश (ख) मा राजपा नेपालकी सीता थारु, क्षेत्र नं २ (क) मा नेमकिपाकी लक्ष्मी पुनमगर, (ख) मा संघीय समाजवादी फोरम नेपालकी टीका देवी पुनमगर, निर्वाचन क्षेत्र नं ४ को प्रदेश (ख) मा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट भगवती सिंह र प्रदेश (क)बाट जनसमाजवादी पार्टीकी उम्मेदवार टीकादेवी चौधरी पनि पराजित हुनुभयो । 

क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार ईश्वरी न्यौपाने, क्षेत्र नं १ बाट वाम गठवन्धनकी उम्मेदवार गरिमा शाहबाहेक अरु महिला उम्मेदवारले जमानत समेत जोगाउन सक्नुभएन । 

यसैगरी, प्रदेशसभामा उम्मेदवार बन्नुभएका छजना महिला नेत्रीमध्ये क्षेत्र नं ५ (क)बाट कांग्रेसकी उम्मेदवार जीवन रानाबाहेक अरु कसैले जमानत जोगाउन सक्नुभएन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x