×

NIC ASIA

जसपा विभाजनको असर

रक्षात्मक उपेन्द्र : सरकारमै रहन हारगुहार !

काठमाडाैं | बैशाख २६, २०८१

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमण सकेर कतारका लागि विमान चढेलगत्तै आइतबार यहाँ उनको दल विभाजनका लागि निर्वाचन आयोगमा निवेदन पर्‍यो ।

Muktinath Bank

अमेरिकादेखि कतारसम्मको यात्राका क्रममा आकाशमै रहेका बेला उनी कुनै किसिमको सम्पर्कमा थिएनन् । दोहा आइपुगेपछि बल्ल उनले पार्टी विभाजन भएको खबर पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपेन्द्र स्वास्थ्यमन्त्रीको हैसियतले विश्व जनसंख्या विकास सम्मेलनमा सहभागिता जनाउन अमेरिका पुगेर फर्किरहेकै अवस्थामा संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा जसपा विभाजित हुन पुगेको हो ।


Advertisment
Nabil box
Kumari

'अमेरिकाबाट कतार आउन ११-१२ घण्टा लाग्छ । त्यो समयलाई ध्यानमा राखेर नै हामी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन पुगेका थियौं,' फुटेको जसपाका एक नेताले लोकान्तरसँग भने, '११-१२ घण्टासम्म कसैसँग उहाँको कुराकानी हुन सक्दैन र नेताहरूलाई दबाब वा प्रभावमा पार्न सक्नुहुन्न भन्ने सोचेरै हामीले सो समय छानेका थियौं ।'

Vianet communication

उपेन्द्र कतारबाट नेपाल फर्किनुअघि नै नयाँ दल दर्ता भएको भनेर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेको थियो । यससँगै १२ सांसद रहेको जसपा नेपाल प्रतिनिधि सभामा ५ सीटमा खुम्चिनुपरेको छ । राईको नेतृत्वमा फुटेको जसपा ७ सांसदसहित माउ पार्टीभन्दा ठूलो पार्टी बन्न पुगेको छ ।

पार्टी विभाजनपछि उपेन्द्र एकाएक रक्षात्मक बनेका छन् ।

null

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका यादव नेतृत्वको जसपा नेपाल र राई नेतृत्वको जसपा दुबैले सरकारलाई समर्थन कायमै राख्ने बताएका छन् ।

सरकारमै रहेका घटक दलले आफ्नोविरुद्ध सुनियोजित षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप उपेन्द्रको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा यादवले उक्त आरोप लगाएका थिए । उनले आफूविरुद्ध भ्रम फैलाएर पार्टी फुटाउने काम गरेको गुनासो पनि गरे ।

'म नभएको मौका छोपेर माधव नेपाल र उपेन्द्र यादव १/१ वर्ष तथा शेरबहादुर देउवा २ वर्ष प्रधानमन्त्री बन्ने गरी यो सरकारलाई ढाल्न लागिपरेको भनेर सरकारमै रहेका साथीले भ्रम छर्नुभयो । त्यो कपोलकल्पित, आधारविहीन, प्रायोजित ढंगले चलाएको अफवाह थियो,’ उनले भने, 'प्रधानमन्त्रीजीलाई पनि त्यही भ्रममा पार्नुभएको रहेछ । उहाँसँग भेटेर त्यो भ्रम निवारण गरेको छु ।’

कांग्रेसका नेतासँग चिया पसलमा समेत नभेटेको उनको जिकिर थियो ।

सत्ता साझेदारले नै पार्टी फुटाएको संकेत गर्दै यादवले भने, 'शिशाको घरमा बस्नेले अर्काको घरमा ढुंगा हान्नुहुँदैन । त्यही ढुंगा फर्किएर आफ्नो घर पनि चकनाचुर हुन सक्छ ।'

कतारबाट फर्किएलगत्तै मंगलबार उपेन्द्रले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । भेटमा के कुराकानी भयो भन्ने बारेमा उनले धेरै खुलाएनन् ।

उपेन्द्रलाई सरकारबाट तत्काल हटाउन प्रधानमन्त्री प्रचण्डले पनि तत्काल हतार नगर्ने संकेत देखिएको छ ।

'विगतमा जसपा नेपालको १२ संख्या थियो । अहिले पनि जसपा नेपालको ५ र जसपाको ७ गरी १२ सांसद नै उहाँलाई चाहिएको छ,' जसपा नेपालका एक नेताले लोकान्तरसँग भने, 'त्यसैले प्रधानमन्त्रीज्यूले हाम्रो अध्यक्षज्यूलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गर्नुहुन्न होला ।'

बुधवार आयोजित पत्रकार सम्मेलनमा उपेन्द्रले सरकारलाई आफ्नो समर्थन कायमै रहे पनि प्रधानमन्त्रीले चाल्ने कदमअनुसार प्रतिक्रिया जनाउने बताए ।

null

आफूलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गरे त्यसबाट फेरिने राजनीतिक कोर्सको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने उनको चेतावनी थियो ।

'सरकारलाई हाम्रो समर्थन कायमै छ । हामीलाई बर्खास्त गरे त्यसबाट उत्पन्न हुने राजनीतिक अस्थिरताको कोर्सको कारक पनि प्रधानमन्त्री नै बन्नुहुन्छ,' यादवले भने, 'उत्पन्न हुने राजनीतिक अस्थिरताका लागि पनि प्रधानमन्त्री नै जिम्मेवार बन्नुपर्छ ।

सरकारबाट हटे पार्टीलाई थप क्षति हुने बुझेका यादव जसरी पनि सरकारमा रहिरहन खोजेको देखिन्छ । अर्कातर्फ फुटेको पार्टी जसपा भने जसरी पनि उपेन्द्रलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने पक्षमा छ ।

'७ जना सांसद रहेको पार्टीलाई उपप्रधानमन्त्री दिने कि ५ सांसद रहेकोलाई भन्ने प्रश्न छ,' नयाँ पार्टी जसपाका एक नेताले लोकान्तरसँग भने, 'हामीलाई पनि त हाम्रो गणितको आधारमा मन्त्री चाहिन्छ ।'

पार्टी फुटेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने आकलनविपरीत उपेन्द्रले समर्थन कायमै राखेपछि प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको छ ।

मन्त्री बन्ने चाहनाकै कारण पार्टी फुटेको हुनाले जसपालाई तत्काल ठाउँ खालि चाहिएको छ । त्यसका लागि राईले प्रधानमन्त्रीसमक्ष दबाब बढाउने देखिन्छ । दुवै पार्टीलाई मिलाएर लैजाने प्रधानमन्त्रीको चाहना भएपनि राईको बढ्ने दबाबलाई प्रधानमन्त्रीले कसरी व्यवस्थापन गर्लान्, त्यो भने प्रस्ट भइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x