भूकम्पपछिको पुनर्निर्माणमा ३ अर्ब सहयोग गर्दै साउदी अरेबिया

मंसिर २८, २०७४

काठमाडौं, २८ मंसिर– नेपालको भूकम्पपछिको पुनर्निर्माणमा साउदी अरेबियाले सहयोग गर्ने भएको छ ।

साउदी सरकारको विकासका लागि साउदी कोषका प्रतिनिधि र पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुबीच मंगलबार र बिहीबार प्राधिकरणमा भएको छलफलमा उक्त सममmदारी भएको हो ।


ADVERTISEMENT

छलफलका क्रममा विकासका लागि साउदी कोषका उच्च अधिकारीहरुले प्राधिकरणबाट पुनर्निर्माण गर्नुपर्ने आयोजनाको यथाशक्य सूचीसहितको परियोजना प्रस्ताव गर्न आग्रह गरेका छन् ।

साउदी सरकारले विकासका लागि साउदी कोषमार्फत् ३० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्न रुचि देखाएको हो  । 

प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भूसालले उक्त रकम निजी आवासको पुनर्निर्माण, विद्यालय तथा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा खर्च गर्ने प्रस्तावसहित प्राधिकरणले ऋण सम्झौता वार्ताका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाइसकेको जानकारी दिए । 

प्राधिकरणमा भएको छलफलमा प्राधिकरणबाट सहसचिवद्वय यमलाल भूसाल र कृष्णप्रसाद दवाडी तथा उपसचिवद्धय डा. भीष्मकुमार भूसाल र विनु बज्राचार्य कुँवरको सहभागिता थियो । 

साउदी सरकारको तर्फबाट विकासका लागि साउदी कोषका क्षेत्रीय व्यवस्थापक अब्दुल्लाह एम. अल–सोएइबी, आयोजना व्यवस्थापक नासिर एल कसावी र बरिष्ठ विज्ञ सइद अल मासाइखी सहभागी थिए ।

मंसिर २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस