×

NMB BANK
NIC ASIA

उत्तर कोरियाविरुद्ध रुस र अमेरिका एक ठाउँमा, ट्रम्प र पुटिनबीच फोनवार्ता

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मस्को, २९ मंसिर– उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ । 

उनीहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ । 

क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ– अमेरिकी पक्षको चाहनामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच बिहीबार जरुरी विषयमा छलफल भएको छ । 

सो छलफलमा तत्कालका लागि जरुरी विषयका साथै विशेषगरी कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ । उक्त छलफलमा कोरियाका विषयमा मिलेर कामगर्ने बारेमा सहमति भएको थियो । 

क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– कुराकानीको सुरुमा रुसी राष्ट्रपति पुटिनले अमेरिकाको अर्थतन्त्र र अमेरिकी राष्ट्रपतिका विषयमा सार्वजनिक गरेकाे अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई धन्यवाद दिएका  थिए । 

त्यसपछि उनीहरुबीच कोरियाको अवस्था प्रतिदिन झन खतरनाक हुदै गएकोले यस विषयलाई साझा चासोका रुपमा लिएर समस्या समाधानमा आपसमा मिलेर लाग्ने विषयमा सहमति भएको पनि सो विज्ञप्तिमा जनाइएको छ । 

कोरियाको विषयमा पछिल्लो समयमा विश्वमा निकै ठूलो चासो बढेको देखिएको छ । उत्तर कोरिया वार्तामा बस्न तयार हुने सङ्केतहरु पनि मिलेका भन्दै यस विषयमा विभिन्न देशमा कुराकानी पनि भएको छ । 

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले पनि हालैमात्र उत्तर कोरियाको भ्रमण गरेका थिए । 

उनले सो अवसरमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र अन्य उत्तर कोरियाली उच्च अधिकारीसँग भेट वार्ता पनि गरेका थिए । त्यस भ्रमणलाई उत्तर कोरिया र राष्ट्रसंघले पनि महत्वपूर्ण र आवश्यक पनि भनेको छ । 

त्यस भ्रमणका क्रममा उत्तर कोरियाली अधिकारीले कोरियाली प्रायद्वीपका विषयमा वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका उनले बताएका थिए । त्यसपछि उत्तर कोरियाका बारेमा विश्वमा चासो बढेको छ । 

यदि उत्तर कोरिया शान्ति वार्ताका लागि तयार भयोभने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको पनि हालैमात्र संयुक्त राष्ट्रसंघले जनाएको थियो । 

पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका पनि तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन । 

बुधबार मात्र अमेरिकाले उत्तर कोरियासँग विनाशर्त वार्तागर्न तयार रहेको जनाउ दिएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिएका थिए । 

बुधबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिनुभएको समाचारमा जनाइएको थियो । 

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उहाँको आफ्नै हो या राष्ट्रपति ट्रम्पको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x